आफन्तलाई विदाइ गर्न विमानस्थल जान बन्देज | Khabarhub Khabarhub

आफन्तलाई विदाइ गर्न विमानस्थल जान बन्देज


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कारोना महामारीलाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्तलाई बिदाइ गर्न जान नपाइने भएको छ।

नागरिक उड्डयन प्राधिकरणले कोभिड–१९ को जोखिम उच्च रहेकाले विमानस्थल परिसरमा आफन्तलाई बिदाका लागि जान रोक लगाएको हो ।

प्राधिकरणले शुक्रबार विज्ञप्‍ति जारी गरी विमानस्थलमा आवतजावत गर्दा अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोगलाई उच्च प्राथमिकतामा राख्‍न समेत अनुरोध गरेको छ।

यात्रुले टर्मिनलभित्र तापक्रम परीक्षण गरेर मात्र प्रवेश गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै लाइन लाग्दा भिडभाड नगरी सामाजिक दूरी कायम गरी तोकिएको मार्किङ गरिएको ठाउँमा मात्र उभिनुपर्ने प्राधिकरणले जनाएको छ ।

यस्तो छ विज्ञप्ति 

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ८ : ०१ बजे

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको

अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

आगोमा परी अर्घाखाँचीमा चार वर्षीया बालिकाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको असुरकोटमा आज दिउँसो आगोमा जलेर