थप एक एम्बुलेन्स सहयोग गर्दै भ्वाइस विजेता किरण | Khabarhub Khabarhub

थप एक एम्बुलेन्स सहयोग गर्दै भ्वाइस विजेता किरण


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को तेस्रो संस्करणका विजेता किरण गजमेर यतिबेला आफ्नो जन्मथलो झापामा छन् । इन्ट्रा नेशनल वेलफेयर फाउण्डेशन अफ अमेरिकाको आयोजनामा आफ्नो जन्मथलोमा रहेका भुटानी शरणार्थीहरुलाई सहयोग गर्न त्यहाँ पुगेका किरणले थप एक एम्बुलेन्स सहयोग गर्ने घोषणा गरेका छन् ।

इन्ट्रा नेशनल वेलफेयर फाउण्डेशन अफ अमेरिकाद्वारा तय भएका विभिन्न कार्यक्रमका लागि पूर्व पुगेका उनले भुटानी शिविर पथरीमा रहेका अशक्त र वृद्धवृद्धाहरुलाई जनही ५ हजारका दरले भत्ता दिएका थिए । संस्थाका रुद्र बानियाँले हरेक महिना आजिवन भत्ता उपलब्ध गराउने जानकारी दिए ।

त्यस्तै झापाको बेलडाँगीमा रहेको शरणार्थी शिविरमा पनि किरण पुगेका थिए । त्यहाँ संस्थाले वृद्दाश्रम निर्माण गरेको छ । उनले वृद्धाश्रमका लागि अर्को एउटा एम्बुलेन्स सहयोग गर्ने घोषणा गरेका हुन् ।

अब उनले इन्ट्रा नेशनल वेलफेयर फाउण्डेशन अफ अमेरिकाको सहकार्यमा पश्चिममा १ र पुर्व पथरी र झापामा गरी २ एम्बुलेन्स प्रदान गर्ने छन् । पूर्व यात्रामा किरणले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँग पनि भेट गरेका थिए ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ४ : १५ बजे

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना