चट्याङ लागेर दुई महिलाको मृत्यु | Khabarhub Khabarhub

चट्याङ लागेर दुई महिलाको मृत्यु


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– चट्याङ लागेर उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्के ठाडीमा दुई महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ठाडीका ४० वर्षीया ललिता सदा र ३९ वर्षीया फूलकुमारी सदा रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

घर नजिकै खेतमा धान रोप्दै गरेका बेला चट्याङ लागेर गम्भीर घाइते भएका दुबैको उपचारका क्रममा जिल्ला अस्पताल गाईघाटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । दुवैको शव परीक्षण्का लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

यसैगरी चौदण्डी गढी नगरपालिका–३ ज्यामिरेमा आज अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार ज्यामिरे खोलाको बगरमा ती पुरुषको शव फेला परेको हो ।

तराईमूलको जस्तो देखिने मृतकको पहिचान खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ८ : ४५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र