१६ अंकले बढ्यो नेप्से, साढे ५ अर्बको कारोबार | Khabarhub Khabarhub

१६ अंकले बढ्यो नेप्से, साढे ५ अर्बको कारोबार


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से परिसूचक १६ दशमलव ३४ अंकले बढेर २,८७१ दशमलव ०३ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा २२३ वटा कम्पनीको १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५४ करोड ६३ लााख रुपैयाँको कारोबार भएको छ । आज लाइफ इन्स्योरेन्स उपसूचक बाहेक सबै उपसूचक बढेका छन् ।

आजज सबैभन्दा धेरै नेपाल बङगलादेश बैंकको ४५ करोड ४७ लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २३ करोड ३५ लाख, एनआइसी एशिया बैंकको १९ करोड ९५ लाख, निर्धन उत्थान लघुवित्तको १९ करोड ९० लाख, नबिल बैंकको १८ करोड ३० लाख र मञ्जुश्री फाइनान्सको १७ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज सेन्ट्रल फाइनान्स कम्पनी र मञ्जुश्री फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी सबैभन्दा धेरै सानिमा लार्ज क्याप फण्डका इकाइधनी, सिइडिबी हाइड्रोपावर र इन्फिनिटी लघुवित्तका लगानीकर्ताले १ दशमलव ४३ प्रतितका दरले गुमाएका छन् ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ४ : १२ बजे

मुस्ताङका च्याङ्ग्राको भुवा परीक्षण

म्याग्दी– मुस्ताङका कृषकले पालेका च्याङ्ग्राको भुवाको गुणस्तर परीक्षण गरिएको छ

जसपा विभाजन भएको छैन : प्रवक्ता सुमन

काठमाडौं– जसपा नेपालले दल विभाजनको अवस्था नरहेको बताएको छ ।

निर्वाचन आयोगमा दर्ता भयो अशोक राई नेतृत्वको जसपा

काठमाडौं – निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी

अनशनरत व्यक्तिहरूको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आयोगकाे आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले तीनै तहका सरकारले समन्वय गरी

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं– पाकिस्तान–अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी–२० विश्वकपको समयमा