अदालतले राजनीतिक विषयमा हात हालेको छ : ओली | Khabarhub Khabarhub

अदालतले राजनीतिक विषयमा हात हालेको छ : ओली


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले अत्यधिक न्यायिक सक्रियतासहित राजनीतिक विषयमा हात हालेर दलीय व्यवस्थामाथि धक्का दिन खोजेको टिप्पणी गरेका छन् ।

देशवासीका नाममा आज सम्बोधनका क्रममा उनले कहिलेकाँही मागै नभएका विषयमा पनि हात हालेर गन्तव्यमा पुग्न नसकिने जनाउँदै भने, ‘खेल खेल्ने जिम्मेवारी खेलाडीहरुको हो तर रेफ्री आफैँले खेल खेल्ने चाहना राखेमा समस्या हुन्छ ।

अदालतको फैसलाबाट दलीय प्रणालीमाथि धक्का दिइएको छ । संविधान संशोधन गराउन खोजिएको छ । राज्यका अङ्गहरुमाथि जनताको विश्वास गुम्ने र जनतामा नैराश्य उत्पन्न भई भयावह दुष्परिणाम ल्याउन सक्ने स्थिति पैदा गराइएको छ ।’

सर्वोच्च अदालतको सोमबारको फैसलाबाट प्रतिनिधिसभा पुनःस्थापित भएको छ भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आजै प्रधानमन्त्रीमा नियुक्त भएका छन् । आफ्नो प्रधानमन्त्रित्वको अन्तिम दिन उनले पहिला पनि आफू सरकारबाट बाहिरिएको र जनताका मतबाट पुनः सरकारको नेतृत्वमा पुगेको स्मरण गर्दै कहिलेकाहीँ जनताका अपेक्षा र संसदीय अंकगणितका बीचमा विरोधाभास हुने भएकामा अब राज्यका अन्य निकायका फैसलामा पनि विरोधाभास देखिने स्थिति आएको भनाइ व्यक्त गरे ।

“मेरो अटल विश्वास जनतामाथि छ । यो नै अन्तिम होइन । सरकारबाट बाहिरिनु परेकामा मलाई रत्तिभर चिन्ता छैन, मैले देश र जनताको हित र सेवालाई ध्यानमा राखेर सम्पूर्ण इमान्दारी तथा विकासलाई नयाँ सोचसहित असाधारणरुपमा अगाडि बढाएँ”, ओलीले भने, “प्रतिकूल अवस्थामा पनि महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न सफल भएका छौँ । मलाई प्रचार गर्नु छैन, देश र जनताका लागि काम गर्नु छ । म जहाँ रहेर पनि त्यही भूमिका निर्वाह गर्नेछु ।”

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ३ : ५१ बजे

नवलपरासीमा ओलीले भने : सुस्ता नेपाली भूमि हो, भारतले छाडोस् भन्दा मुद्दा चलाए

नवलपरासी-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले मिसन २०८४ त्यत्तिकै

सर्लाही प्रहरीद्वारा सात वटा टिपर नियन्त्रणमा 

सर्लाही– अबैधरुपमा खोलाबाट बालुवा र गिट्टी उत्खनन गरेर लोडिंग गरिरहेको

विश्व बैंकको १३ अर्ब १३ करोड ऋण स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले विश्व बैंकबाट प्राप्त हुने १०० मिलियन अमेरिकी डलर

अबदेखि सय रुपैयाँ दरको नोटमा नेपालको चुच्चे नक्सा

काठमाडौं- सरकारले १०० रुपैयाँ दरको नेपाली रुपैयाँको नोटमा चुच्चे नक्सा

मातातीर्थ औंशीमा चन्द्रागिरि नगरपालिकाले दियो सार्वजनिक बिदा

काठमाडौं– मातातीर्थ औंशीको अवसरमा वैशाख २६ गते चन्द्रागिरि नगरपालिले सार्वजनिक