२४७ किलो गाँजासहितको कन्टेनर नियन्त्रणमा | Khabarhub Khabarhub

२४७ किलो गाँजासहितको कन्टेनर नियन्त्रणमा


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- २४७ किलो गाँजासहित वीरगञ्जबाट भारततर्फ जाँदै गरेको कन्टेनरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार दिउँसो सवा १२ बजेतिर वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ स्थित आइसीपीगेट नजिकबाट ट्रकसहित २४७ किलो गाँजा बरामद गरिएको हो ।

 

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओम प्रकाश खनालका अनुसार सूचनाका आधारमा भारततर्फ जाँदै गरेको ट्रकलाई चेकजाँच गर्दा ठूलो परिमाणमा गाँजा बराद गरिएको हो ।

प्रहरीले एचआर ५५ एम २२०९ नम्बरको कन्टेनर ट्रक नियन्त्रणमा लिएको हो । ट्रकलाई रोकेर चेक गर्न खोज्दा चालक फरार भएका थिए । पछि भित्र हेर्दा गाँजा फेला परेको हो ।

फरार भएका चालकको पहिचान गरिसकेको र खोजी भइरहेको डीएसपी खनालले बताए ।  प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ९ : ४० बजे

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार