रुपन्देहीमा जारी निषेधाज्ञा असार १ गतेबाट केही खुकुलो हुने | Khabarhub Khabarhub

रुपन्देहीमा जारी निषेधाज्ञा असार १ गतेबाट केही खुकुलो हुने


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपन्देहीमा गत बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा असार १ गतेबाट केही खुकुलो हुने भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले असार १ गतेदेखि निषेधाज्ञा केही खुकुलो बनाउने निर्णय गरेको हो ।

कोभिड १९ को नयाँ भेरियन्टको संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनका सम्बन्धमा विषयगत निकायका प्रमुख तथा प्रतिनीधिसँग छलफल गरी उद्योग व्यवसायीहरुको राय सुझावका आधारमा निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरिएको हो ।

निषेधाज्ञा खुकुलो भएपनि सार्वजनिक तथा निजी सवारीका साधन सञ्चालनमा भने रोक लगाइएको छ । सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गरेमा कोभिड १९ व्यवस्थापन सम्बन्धमा जारी अध्यादेश अनुसार कारबाही हुने जिल्ला प्रशासनद्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।

अव स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पसल सञ्चालन गर्न दिने निर्णय भएको छ । माछामासु, तरकारी, फलफूल तथा दुधजन्य सामाग्रीका पसल बिहान ५ बजेदेखि बिहान ८ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरिएको छ ।

त्यस्तै अन्य प्रकृतिका व्यवसाय भने बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन गर्न दिने निर्णय भएको छ । व्यबसाय सञ्चालन गर्दा जारी स्वास्थ्य सुरक्षा मापदण्ड भने अनिवार्य पालना गर्नुपर्नेछ ।

फ्रन्टलाईनमा काम गर्ने चालक, उद्योगी व्यवसायीलाई कोरोना विरुद्धको खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने, जिल्लामा सञ्चालित उद्योग प्रतिष्ठानमा काम गर्ने कर्मचारीहरुलाई उद्योग प्रतिष्ठानको सिफारिसका आधारमा एन्टीजेन परीक्षण गर्ने समेत निर्णय गरिएको छ।

यस्तो छ आदेश

 

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ७ : ०१ बजे

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज