निषेधाज्ञा असार ७ सम्म लब्याइयो, यी क्षेत्रमा खुकुलो (आदेशसहित) | Khabarhub Khabarhub

निषेधाज्ञा असार ७ सम्म लब्याइयो, यी क्षेत्रमा खुकुलो (आदेशसहित)


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं उपत्यकामा निषेधाज्ञा असार ७ गतेसम्म लम्बिने भएको छ ।

आज बसेको उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीहरुको बैठकले केही खुकुलो बनाउँदै निषेधाज्ञा एक साता थप गर्ने निर्णय गरेको हो ।

के के खुल्नेछन् ?

यसअघि जारी निषेधाज्ञा अझ थप केही खुकुलो गरिएको छ । असार १ गतेबाट लागू हुने निषेधाज्ञामा खाद्यान्न, किराना र डिपार्टमेन्टल स्टोरसहित तरकारी, मासु र दुग्धजन्य पदार्थको विक्री तथा वितरण गर्ने पसलहरू बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ।

यसअघि विहान ९ बजेसम्म मात्र खोल्न दिने निर्णय भएको थियो ।

त्यस्तै अनलाइन मार्फत सेवा सुविधा बिहान सात देखि बेलुका सात बजेसम्म दिन पाइने भएको बताइएको छ। त्यसै गरी निर्माण सामाग्रीको पसल समेत अपरान्ह ४ बजेपछि  खोल्न दिने निर्णय गरिएको छ ।

होटल बन्द गर्ने तर होम डेलिभरी गर्न दिने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए ।कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले उपत्यकामा वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरेको थियो

यस्तो छ आदेश

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ५ : ०० बजे

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल

डेढ वर्षपछि चीनद्वारा भारतमा राजदूत नियुक्त

काठमाडौं- करिब डेढ वर्षपछि चीनले भारतमा नयाँ राजदूत पठाउने तयारी

भैँसी पाल्ने किसानलाई गाउँपालिकाको अनुदान

पर्वत– जिल्लाको पैयुँ गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई रु

‘सहकारी समस्यामा लेखा सुपरिवेक्षण समिति मुख्य जिम्मेवार’

काठमाडौं – सहकारी संस्थाहरूमा आन्तरिक लेखापरीक्षणको भूमिका रहेको लेखा सुपरिवेक्षक

‘खुजरे ब्रो’ हेरेर नीतिका बुबा आमाले के भने ?

काठमाडौं– मोडल नीति शाह डेब्यू फिल्म ‘खुजरे ब्रो’को प्रिमियर अघि हँसिलो मुद्रामा