प्रहरीमाथि मदिरा खन्याउने तीनजना पक्राउ | Khabarhub Khabarhub

प्रहरीमाथि मदिरा खन्याउने तीनजना पक्राउ


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषामा मदिरा नष्ट गर्न गएको प्रहरी टोली र मदिरा व्यवसायीबीच झडप भएको छ ।

शनिबार राति धनुषाधाम नगरपालिका ९ धरापानीस्थित प्रहरी र मदिरा व्यवसायीबीच झडप भएको हो ।

ईलाका प्रहरी कार्यालय ढलकेवर प्रहरी गोप्य सूचनाको आधारमा अवैध मदिरा नियन्त्रणमा लिन खोज्दा स्थानीय व्यावसायीसँग झडप भएको थियो ।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले मदिरा नियन्त्रणमा लिँन खोज्दा स्थानीयले प्रहरीमाथि आक्रमण गर्दा केही समय झडप भएको जानकारी दिए ।

उनका अनुसार सुरुवात कम संख्यामा प्रहरी पुग्दा स्थानीयले हातपात गर्नुको साथै प्रहरीसंग दुव्र्यवहार गरेको थियो । स्थानीय व्यवसायीले प्रहरीलाई हातपात गर्नुको साथै प्रहरीको शरिरमाथि मदिरासमेत खन्याएका थिए ।

‘मदिरा बरामद गरी प्रहरी ढलकेवर ल्याउने क्रममा स्थानीयले प्रहरीमाथि हातपात पनि गरेका छन्,’उनले भने,‘ढुङ्गा प्रहार तथा प्रहरीको शरिरमाथि मदिरा खन्याएर दुर्वव्यवहार गरको छ ।’

प्रहरीमाथि दुव्र्यवहार र मदिरा खन्याएको आरोपमा तीन जना पक्राउ समेत परेका छन् । धनुषाधाम नगरपालिका ९ धारापानीका शुसिला थापा, लक्ष्मी साह र श्रवण कापरलाई पक्राउ गरेको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए । पक्राउ परेका तीनै जना ढलकेवर प्रहरीको हिरासतमा छन् ।

प्रहरी एक हजार ५० लिटर कच्चा पदार्थ र ६० लिटर तयारी मदिरा नियन्त्रणमा लिएर नष्ट गरेका छन् । स्थानीयको प्रहारबाट ना १ झ १२११ नम्बरको प्रहरी भ्यानको सिसामा क्षति पुर्याएको छ भने प्रहरी जवान राजु खानलाई चोटपटक लागेको छ ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ३ : ४५ बजे

भारतका महालेखापरीक्षकले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका छिमेकी मित्रराष्ट्र

भारतको कारखानामा विस्फोट हुँदा दुई जनाको मृत्यु

नयाँदिल्ली– उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा दुई

इन्टरनेट नचल्दा रोकियो राहदानीको ‘लाइभ इनरोलमेन्ट’

काठमाडौं- भारतीय कम्पनी एयरटेलले भुक्तानी नपाएको भन्दै नेपालको ब्यान्डविथ आपूर्ति

एक सातामा ३३ अंकले बढ्यो नेप्से, कुन दिन कस्तो थियो बजार ? 

काठमाडौं– नेपाल स्टक एक्जेञ्ज (नेप्से) पछिल्लो सातामा ३३।०३ अंकले बढेको

कर्णालीमा डुबेर एक जना बेपत्ता

धनगढी– कर्णाली नदीमा एक जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल