लुम्बिनीमा सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जसपाको ह्वीप | Khabarhub Khabarhub

लुम्बिनीमा सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जसपाको ह्वीप


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) को लुम्बिनी प्रदेश संसदीय दलले सरकारले पेश गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । लुम्बिनी प्रदेशमा आज नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको छ । सरकारका तर्फबाट प्रदेश प्रमुख धर्मनाथ यादवले गत २५ जेठमा प्रदेशसभामा नीति तथा कार्यक्रम पेश गरेका थिए ।

जसपाले नीति तथा कार्यक्रम समयसापेक्ष र जनपक्षीय नरहेको भन्दै आफ्ना सांसदहरूलाई विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो । जसपा संसदीय दलकी प्रमुख सचेतक पूर्मति ढेंगा मगरले पार्टीका ६ जना सांसदहरुलाई पत्र पठाइ विपक्षमा मतदान गर्न ह्वीप जारी गरेकी छन् ।

सांसदहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल, सुमन शर्मा रायमाझी र संसदीय दलका नेता सहषराम यादवलाई पत्र पठाइएको प्रमुख सचेतक ढेंगाले जानकारी दिइन् ।

जसपाका ६ जना प्रदेशसभा सदस्यमध्ये संसदीय दलका नेता सहषराम यादव र प्रमुख सचेतक ढेंगाबाहेकका ४ जना पार्टी निर्णय विपरित सरकारमा गएको भन्दै पार्टीले कारबाही गरेर पदमुक्त भएका थिए । तर सर्वोच्चको अन्तरिम आदेशले उनीहरुको पद हाललाई थमौती भएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  २ : १५ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख १६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट