कतारमा संक्रमण घट्दो, २७ लाख बढीले लगाए कोरोनाबिरुद्धको खोप | Khabarhub Khabarhub

कतारमा संक्रमण घट्दो, २७ लाख बढीले लगाए कोरोनाबिरुद्धको खोप


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- नेपालीहरूको श्रम गन्तव्य कतारमा कोरोना संक्रमण घट्दो क्रममा रहेको छ ।

कतारले अबको १ महिनाभित्रै अधिकतम मानिसलाई खोप लगाएर कोभिड संक्रमितलाइ निको पारेर  हर्ड इम्युनिटी हासिल गर्ने लक्ष्य  लिएको पनि जनाएको छ ।

अहिलेसम्म कतारमा २७ लाख ८० हजार ९१६ जनाले कोरोनाविरुद्धको खोप (भ्याक्सिन) लगाइसकेका छन् । खोप नलिएका सबै योग्य व्यक्तिहरूलाई पनि खोप लिन आग्रह गरिएको स्वास्थ्य मन्त्रालयका स्वास्थ्य निर्देशक शेख डा. मोहम्मद बिन हमद अल थानीलाई उद्धृत पेनिन्सुला कतारले जनाएको छ ।

कतारी नागरिक सहित आप्रवासी श्रमिकहरुलाई पनि निशुल्क रुपमा खोप दिइरहेको छ । पछिल्लो २४ घण्टामा थप १४७ जना नयाँ संक्रमित थपिएका छन्। संगै कतारमा कोरोना सङ्क्रमितको संख्या २ लाख १९ हजार ६१३ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामै थप २१५ जना संक्रमण मुक्त भएका छन् । योसंगै कतारमा कोरोनाबाट निको हुनेको सङ्ख्या २ लाख १६ हजार ६९८  पुगेको भने संक्रमणबाट अहिलेसम्म ५७६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

अहिले कतारमा २ हजार ३ सय ३९ वटा ‘एक्टिभ’ केस रहेका छन् भने १६५ जना यहाँको विभिन्न अस्पतालहरुमा उपचार गराईरहेका छन् । तीमध्ये ८८ जनाको आईसीयूमा उपचार भैरहेको छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । अहिलेसम्म कोरोनाबाट कतारमा २४ नेपाली श्रमिकले ज्यान गुमाएको यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ११ : ५५ बजे

समितिको निष्कर्ष : दुर्गा प्रसाईंको हतियार इजाजत दिन मिल्ने खालको होइन

काठमाडौं- गृह मन्त्रालयले गठन गरेको हतियारको इजाजत तथा नवीकरण सम्बन्धी

‘बोक्सीको घर’ ले तीन दिनमा कति कमायो ?

काठमाडौं–  अभिनेत्री केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ सुरुवाती तीन दिनमा

बागमती प्रदेशसभा सचिवालयद्वारा वैशाख २१ गते सर्वदलीय बैठक आह्वान

हेटौँडा– बागमती प्रदेशसभा सचिवालयले यही वैशाख २१ गते दिउँसो १

शेखरको तर्क : अहिलेको निर्वाचन प्रणाली फेर्न कांग्रेस र एमाले मिल्नु पर्छ

झापा- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सोमबार सम्पन्न तेस्रो

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड बराबर लगानी स्वीकृत

काठमाडौं– तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चार वटा