नेपाली दूतावास साउदीले मागपत्र प्रमाणीकरण फेरि थाल्ने | Khabarhub Khabarhub

नेपाली दूतावास साउदीले मागपत्र प्रमाणीकरण फेरि थाल्ने


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कोरोना महामारीका कारण रोकिएको साउदी अरबको रोजगारीका लागि जाने नेपाली श्रमिकको मागपत्र प्रमाणीकरण मंगलबार अर्थात् जुन १५ मा शुरू गर्ने भएको छ ।

‘फ्रन्ट डेस्क’मा काम गर्ने दूतावासका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि रोकिएको माग पत्र प्रमाणीकरण मंगलबार सञ्चालनमा आउने त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार माग पत्र प्रमाणीकरणका लागि आउँदा अब रोजगारदाता कम्पनीको ‘यूजर अकाउन्ट’मा पठाइएको माग पत्र स्वीकृति भएको म्यासेजको प्रिन्ट अनिवार्य गरिएको जनाएको छ ।

दूतावासबाट प्रमाणीकरणको छाप लगाउँदा रोजगारदाता कम्पनीले अब अनलाइन प्रणालीमा अपलोड गरेकै कागजात दूतावासले नै प्रिन्ट गरी त्यसमा नै छाप लगाइदिने पनि दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ८ : २५ बजे

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार