युरोपेली युनियनले नेपाललाई २८ करोडको सहायता उपलब्ध गराउने | Khabarhub Khabarhub

युरोपेली युनियनले नेपाललाई २८ करोडको सहायता उपलब्ध गराउने


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा युरोपेली सङ्घ (इयु)ले रु २८ करोड २० लाख बराबरको मानवीय सहायता परिचालन गरेको छ ।

महामारीविरुद्धको नेपालको सङ्घर्षमा ऐक्यबद्धता जनाउँदै इयुले कोरोनाविरुद्धका स्वास्थ्य उपकरण खरिद तथा आपूर्ति, आकस्मिक चिकित्सक टोली परिचालन, घरमै एकान्तबासमा रहेका बिरामी ‘टेलिहेल्थ/टेलिमेडिसिन’ बिरामीलाई कुन अस्पतालमा लैजाने भन्नेबारेमा तत्काल सल्लाह दिनेलगायत सेवाका लागि उक्त रकम परिचालन गरिएको ब्रसेल्सस्थित सङ्घको प्रधान कार्यालयले जनाएको छ ।

सहयोगस्वरुप प्राप्त रकमबाट अक्सिजन सिलिण्डर, अक्सिजन सङ्केन्द्रक, घरेलु उपचार सामग्री, व्यक्तिगत सुरक्षा उपकरण, ‘एन्टिजेन’ परीक्षण साधन खरिद एवं आपूर्ति गरिनेछ ।

यसैगरी सङ्घको सदस्य राष्ट्र फिनल्याण्डले शल्यचिकित्सामा प्रयोग हुने २० लाखभन्दा बढी ‘मास्क’, तीन लाख ५० हजार एफएफपीटू मास्क, ५२ हजार ५०० जोर पञ्जा र ३० हजार थान एकान्तबास पोशाक नेपाललाई प्रदान गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ४ : ५० बजे

सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको विकास, विस्तार र

अवैध रूपमा अमेरिकी प्रविधि निर्यात गर्ने दुई चिनियाँविरुद्ध मुद्दा दायर

वासिङ्टन डिसी– संयुक्त राज्य अमेरिकाको न्याय विभागले संयुक्त राज्य अमेरिकाको

सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन सरकार दृढ छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको

आईपीएल : आज सनराइजर्स र राजस्थान भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपराह्न ४