माधव नेपालसहित एमालेका चार नेतामाथिको निलम्बन फुकुवा | Khabarhub Khabarhub

माधव नेपालसहित एमालेका चार नेतामाथिको निलम्बन फुकुवा


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले माधव नेपालसहित चार नेतामाथि गरेको निलम्बन फुकुवा गरेको छ ।

आज बालुवाटारमा बसेको पार्टीको स्थायी कमिटी बैठकले नेताहरू माधवकुमार नेपाल, भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

पार्टी एकतालाई ध्यानमा राखेर चार नेतामाथिको ६ महिनाको निलम्बन फुकुवा गरिएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए ।

पार्टीलाई एक बनाउन अध्यक्ष केपी शर्मा ओलीले राखेको कारवाही फुकुवाको प्रस्ताव बैठकले अनुमोदन गरेको नेम्वाङले बताए ।

नेपालसहितका नेतालाई विभिन्न आरोप लगाई ६ महिनाका लागि निलम्बन गरिएको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ११ : ४१ बजे

राष्ट्रियसभाको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

पृथ्वीराजमार्ग अन्तर्गत रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म

प्रतिनिधिसभाको बैठक बस्दै, दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल