एमाले स्थायी कमिटी बैठक जारी, नेपाल-खनाल समूहको मागबारे छलफल | Khabarhub Khabarhub

एमाले स्थायी कमिटी बैठक जारी, नेपाल-खनाल समूहको मागबारे छलफल


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ ।

बिहान ९ बजेदेखि बालुवाटारमा जारी बैठकमा नेपाल-खनाल समूहको माग सम्बोधन गर्नेबारे छलफल भइरहेको निकट स्रोतले जनाएको छ ।

सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि ओलीले गरेका सबै निर्णय खारेज गर्दै पार्टी एकता पूर्वको अवस्था (२०७५ जेठ २) मा पुग्नु पर्ने अडान नेपाल-खनाल समूहको छ । ती माग पूरा नभए विपक्षी गठबन्धनलाई सरकार बनाउन पुग्ने गरी सामूहिक राजीनामा दिने तयारी गरेको नेपाल-खनाल समूहलाई रोक्ने प्रयत्नमा ओली छन् ।

यसका लागि नेपाल निवास कोटेश्वरमा विष्णु पौडेललगायतका नेताहरू पनि अहिले छलफलमा जुटेको बताइएको छ ।

राष्ट्रपतिले बहुमतको सरकार बनाउन दिएको समयसीमा आज सकिँदै गर्दा कांग्रेस नेतृत्वको सरकारलाई सघाउन जसपाभित्र मतक्यैता देखिएको छैन । जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षधरहरु नयाँ सरकारको पक्षमा नरहँदा एमालेको नेपाल-खनाल समूहले राजीनामा दिए नयाँ सरकार बन्ने देखिन्छ ।

तर, राजीनामाबारे माधव नेपाल पक्षमै मतभेद भएको सार्वजनिक भइरहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ९ : ३० बजे

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान–  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि