यी खानपानले बिग्रन सक्छ दाँत, के नखाने ? | Khabarhub Khabarhub

यी खानपानले बिग्रन सक्छ दाँत, के नखाने ?


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अस्वस्थ्य खानपान र सरसफाईको कमीको कारण दाँतमा रोग देखिन्छ । दाँत बलियो राख्न केही टिप्स फलो गर्नुहोस् ।

– ज्यादै प्रशोधित, गुलियो र टाँसिने खाद्यपदार्थहरू खानुहुँदैन ।

– धूमपान, मद्यपानजस्ता कुलतको बानी छ भने त्यागिहाल्नुहोस् ।

– अति तातो, चिसो, साह्रो, अमिलो चिज खानुहुँदैन ।

– मानिसको दाँत बिगार्ने कारणमध्ये यो पनि एक हो कोल्ड ड्रिंक्स । यसबाट टाढै रहनुहोस् ।

– अमिलो रसहरू सेवन गर्नुहुँदैन । गर्नेपरेमा पाइपको प्रयोग गर्नुपर्छ । यसो भयो भने दाँतमा नछोईकन रस निल्न सकिन्छ । सन्तुलित खाना सेवन गर्नुपर्छ ।

– खानेकुरा खाँदा रेसादार खाना, सागपात र आफ्नै करेसाबारी कौसीबारीमा उब्जिएका तरकारी फलफूल सेवन गर्नु दाँतका लागि निकै राम्रो हुन्छ ।

– साह्रो लाग्ने कुरा छुर्पी, सुपारी, मासुको हड्डी केही पनि सकिनसकी टोक्नुहुँदैन । यस्तो खाने बानीले दाँत चोइटिन सक्छ । यस्ता खानेकुरा नखाएकै राम्रो हुन्छ ।

– खाना खाइसकेपछि दाँत माझ्न अथवा कुल्ला गर्न कहिल्यै बिर्सनुहुँदैन ।

– धेरैपटक खानुभन्दा थोरैपटक ठिक्क मात्रामा खाने गर्नुपर्छ ।

– फास्टफुड, जंकफुड खाँदै नखाने ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ५ : ०७ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर