ओली 'कम्युनिस्ट सिध्याउने' खेलमा लागेको नेता ज्ञवालीको आरोप | Khabarhub Khabarhub

ओली ‘कम्युनिस्ट सिध्याउने’ खेलमा लागेको नेता ज्ञवालीको आरोप


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिस्टको खोल ओडेर कम्युनिस्टलाई सिध्याउन कसम नै खाएर लागेको आरोप लगाएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले रुपन्देहीमा आयोजना गरेको विस्तारित बैठकमा बोल्दै ज्ञवालीले ओलीलाई प्रधानमन्त्री,पार्टी अध्यक्ष सबैको जिम्मेवारी दिँदा पनि विदेशीको ईशारामा काम गरेर नेपालको कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्न कसम नै खाएर लागेको आरोप लगाएका हुन् ।

अदालतले पार्टी एकतालाई भंग गरे पनि अहिले नेपालमा कम्युनिस्टहरुको बहुमत भएकोले माओवादीसगँ मिलेर सरकार चलाउन गारो नभएको जिकिर गर्दै ज्ञवालीले प्रधानमन्त्री ओली रेशम चौधरीको मुद्दा बोकेर सरकार बचाउन लागेको बताए ।

त्यस्तै बैठकमा बोल्दै एमालेका नेता घनश्याम भुसालले ओली समूह नेकपा एमाले नै सिध्याउन लागेको बताए । भुसालले ओलीले पार्टी कब्जा गरेर कम्युनिस्ट आन्दोलन सिध्याउन लागेको बताउँदै पार्टी एकता जोगाउन सबैलाई आग्रह गरे ।

त्यस्तै विस्तारित भेलाले राजु गुरुङको अध्यक्षतामा २०५ सदस्यीय समानान्तर कमिटी गठन गरेको छ । नेपाल पक्षीय जिल्ला कमिटीको उपाध्यक्षमा पुरूषोत्तम घिमिरे, सचिवमा जागेश्वरीदेवी चौधरी र उपसचिवमा सिद्धिचरण भट्टराईलाई जिम्मेवारी दिएको छ ।

क्षेत्रीय कमिटी, पालिकास्तरीय ईन्चार्ज र जनवर्गीय संगठनमा संयोजक समेत तोकिएको आयोजकले जनाएको छ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ९ : ४६ बजे

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्