अनुश्मालाई ‘मिस इको एसिया’ उपाधि | Khabarhub Khabarhub

अनुश्मालाई ‘मिस इको एसिया’ उपाधि


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजिप्टमा आयोजना भएको ‘मिस इको इन्टरनेशनल २०२१’मा नेपालकी सहभागी अनुश्मा रायमाझीले ‘मिस इको एसिया’को उपाधि जितेकी छन् ।

राजधानीमा हिजो सोमबार आयोजित पत्रकार सम्मेलनमा अनुश्माले आफ्नो ‘मिस इको इन्टरनेशनल’ यात्रा र आगामी दिनको योजनाबारे जानकारी दिइन् ।

उनले प्रतियोगितामार्फत देशलाई समेत चिनाएको बताइन् । ‘कार्यक्रममा मैले नेपाललाई सगरमाथा, बुद्धको देशको अलावा विभिन्न कला संस्कृतिले भरिएको राष्ट्रको रुपमा चिनाएँ’, रायमाझीले भनिन्, ‘प्रतियोगिताबाट मैले धेरै देशका बारेमा सिक्ने र जान्ने मौका पाएँ ।’

कार्यक्रममा पूर्व ‘मिस इको इन्टरनेशनल नेपाल’ तथा ‘मिस युनिभर्स नेपाल नग्मा श्रेष्ठ’ले रायमाझीले ‘मिस इको एसिया’ ताज नेपाललाई दिलाएर महत्वपूर्ण उपलब्धि हासिल गरेको बताइन् ।

विभिन्न ६० बढी देशका इको सुन्दरीहरुको सहभागिता रहेको प्रतियोगिता १८ मार्चदेखि ५ जुनसम्म इजिप्टमा आयोजना भएको थियो । २१ वर्षीय रायमाझी कार्यक्रममा नेपालका कल्चरल ड्रेस, सांस्कृतिक र पर्यटकीय स्थानको भिडियोसहित सहभागी भएकी थिइन् ।

कार्यक्रमका लागि रायमाझीको पहिरन ड्रेस डिजाइनर मेगबी श्रेष्ठले तयार पारेकी थिइन् । प्रतियोगिताको लागि आवश्यक विभिन्न प्रशिक्षण अनिला श्रेष्ठले दिएकी थिइन् ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ६ : ०५ बजे

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)

इलाममा सुहाङ नेम्वाङ विजयी

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ