नेपालमा थप ५ कोरोना संक्रमितको मृत्यु, ५१७ थपिए | Khabarhub Khabarhub

नेपालमा थप ५ कोरोना संक्रमितको मृत्यु, ५१७ थपिए


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा थप ५ कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । योसँगै हालससम्म नेपालमा ३ हजार ५८ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ५१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा पीसीआर परीक्षण गर्दा ४६० जना र एन्टिजेन परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो । योसहित नेपालमा कोरोना संक्रमतिको संख्या २ लाख ८० हजार ९८४ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा २ लाख ७४ हजार ३१८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३ हजार ३०८ रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ४ : ४६ बजे

वर्षाले खेल अवरुद्ध हुँदा कोलकाता र राजस्थानको अंक बाँडियो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत समूह चरणको अन्तिम

इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना क्षेत्रमा रुसले पठायो उद्धार टोली

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलको क्षेत्रमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

आज २०८१ साल जेठ ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार