नेपाल बङ्गलादेश बैंकले भुक्तानी गर्र्‍यो १५ लाखको दुर्घटना बीमा | Khabarhub Khabarhub

नेपाल बङ्गलादेश बैंकले भुक्तानी गर्र्‍यो १५ लाखको दुर्घटना बीमा


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बङ्गलादेश बैंकले १५ लाख रुपैयाँको बीमा भुक्तानी गरेको छ ।

बैंकले कर्मचारी बचतखाता खोल्ने ग्राहकको सुरक्षणको लागि गरिएको दुर्घटना बीमा बापतको दावी रकम स्वर्गीय भोजबहादुर बस्नेतकी श्रीमती पार्वती बस्नेतलाई प्रदान गरेको छ ।

बस्नेतले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको श्रमीक भई काम गर्दा नेपाल बंगलादेश बैंक, बाह्रबिसे शाखामा खाता खोली कारोबार गर्दै आएका थिए ।

उक्त १५ लाखको चेक नेपाल बंगलादेश बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठले बस्नेतकी श्रीमती पार्वती बस्नेतलाई एक समारोह बीच हस्तान्तरण गरेका हुन् ।

यस प्रकारको सहयोगले आफ्ना ग्राहकको आश्रित परिवारको लागि ठूलो राहत पुग्ने विश्वास बैंकले लिएको छ । साथै आगामी दिनहरुमा पनि आफ्ना ग्राहकहरुको हितमा रही बैंकिङ्ग सुविधा प्रदान गर्ने कुरा बैंकले जानकारी गराएको छ ।

हालसम्म बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ४ : ०८ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र