पत्रकार माधवप्रसाद गुरागाइँमाथि कुटपिट | Khabarhub Khabarhub

पत्रकार माधवप्रसाद गुरागाइँमाथि कुटपिट


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको पुरानो बस पार्कमा निर्माणाधिन ‘काठमाडौँ भ्यू टावर’ का ठेकेदारसहितको टोलीले पत्रकार माधवप्रसाद गुरागाइँलाई कुटपिट गरेको छ । गुरागाइँ नेपाल आज डटकमका सञ्चालक तथा सञ्चारकर्मी हुन् ।

सार्वजनिक प्रयोजनको लागि निर्माण हुन लागेको टावरको प्रगति विवरण, पेटी ठेकेदार भारतीय नागरिक भ्यालुरुपाली हेमचन्द्रका सामानहरु अरु ठेकेदारहरुलाई प्रयोग गर्न दिएको, हेमचन्दलाई काममा नलगाएको र भुक्तानी पनि नदिएको बारे रिर्पोटिङ्ग गर्न पुगेका सञ्चारकर्मीलाई ठेकेदार मनोज भेटवाल, उनका दाजु भैरव भेटवाल र मनोजका सुपरभाईजर ज्ञान बहादुर रायको मिलेमतोमा आक्रमण गरिएको पीडित गुरागाइँले बताए ।

कुटपिटको घटनाको भत्सना गर्दै गुरागाइँ आबद्ध सञ्चार संस्था नेपाल आज प्रालीले एक विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आक्रमणसँगै उनीहरुले भिडियो खिचिरहेको सञ्चार सामग्रीसमेत खोसेर तोडफोड गरेको बताएका छन् ।

घटनाको विषयमा सोमबारै प्रहरी परिसर टेकुमा उजुरी दिएको गुरागाइँले बताए । प्रहरीका अनुसार संलग्न तीनै जना मोवाईल स्वीच अफ गरी फरार छन् । उनीहरुलाई तत्काल पक्राउ गरी कारवाहीको दायरामा ल्याउन, क्षती भएको सञ्चार उपकरणको उचित क्षतिपुर्ति दिलाउन र ज्यान मार्ने धम्की दिनेलाई प्रचलित कानुन अनुसार कारवाही गर्न नेपाल आज प्रालीले माग गरेको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ११ : १६ बजे

इलाम र बझाङमा माओवादीको दहीच्युरे नीति किन?

काठमाडौं – प्रतिनिधि सभामा ३२ सिट भएको नेकपा (माओवादी केन्द्र)

एक ढिक्का भएर कांग्रेसलाई बलियो बनाउनुपर्छ : शेखर कोइराला

बाँके –नेपाली काग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले पार्टीलाई बलियो

माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु

कैलाली – कैलालीको गौरीगङ्गामा माटोको ढिस्कोमा पुरिएर आज एक महिलाको

बेलायत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै ३४ लाख

काठमाडौं महानगरद्वारा दाङ र गुल्मीका दुई पालिकालाई राहत प्रदान

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित दाङ र गुल्मीका दुई