भारतमा एकैदिन १ लाख ६० हजार संक्रमित | Khabarhub Khabarhub

भारतमा एकैदिन १ लाख ६० हजार संक्रमित


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  भारतमा थप १ लाख ६० हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ‍१ लाख ६० हजार ६९४ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

भारतमा २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या दोस्रो धेरै हो । यसअघि गत (आइतबार) चैत्र ३० मा भारतमा अहिलेसम्मकै धेरै १ लाख ६९ हजार ८९९ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड ३६ लाख ८६ हजार ७३ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड २२ लाख ५० हजार ४४० जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १२ लाख ६४ हजार ५४४ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ७१ हजार ८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ८८० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ६ : ३५ बजे

ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना जलेर घाइते

काठमाडौं- ललितपुरमा आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका

नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील

सार्वजनिक शौचालय प्रयोग गर्दा नगर्नुहोस् यस्ता गल्ती

काठमाडौं– विशेष गरी सहरी भेगमा सार्वजनिक शौचालयको प्रयोग बढी हुने

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ

क्रिकेटर सन्दीपको मुद्दा न्यायाधीश निरौला र ढुंगेलको इजलासमा

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी उच्च अदालत पाटनका न्यायाधीशद्वय