एक प्रेरक प्रसङ्ग ‘सर्वश्रेष्ठ’ | Khabarhub Khabarhub

एक प्रेरक प्रसङ्ग ‘सर्वश्रेष्ठ’


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इन्द्रले एउटा विशाल महल बनाउने योजना बनाए । उनले एक विश्वकर्मालाई भवन बनाउन भने । विश्वकर्माले आफ्नो सम्पूर्ण क्षमता प्रयोग गरेर अत्यन्त सुन्दर महल तयार पारे । इन्द्र अत्यन्तै खुशी भए ।

उनले नारदलाई बोलाएर आफ्नो महल देखाउँदै भने— ‘तपाइँले पूरै ब्रह्माण्डको चक्कर लगाउनु हुन्छ । के यस्तो महल कतै देख्नुभएको छ ?’

नारदले भने— यसबारेमा तपाइँलाई सही जानकारी लोमश ऋषिले दिन सक्नुहुन्छ । किनभने उहाँको उमेर एक हजार वर्षभन्दा धेरै भइसक्यो ।

इन्द्र नारदलाई लिएर लोमश ऋषिसमक्ष पुगे ।

इन्द्रले लोमश ऋषिलाई त्यही प्रश्न सोधे— ऋषिवर, के मेरो नयाँ महलजस्तो विगतमा तपाईंले कतै देख्नुभएको छ ?

लोमशले उत्तर दिए— इन्द्र, मैले अतीतमा अनेक इन्द्रको महल देखेको छु । एकभन्दा एक राम्रो र गगनचुम्बी । तिनका अगाडि तपाईंको यो महल फिका छ । राजन ! संसारमा केही पनि अन्तिम र अद्वितीय छैन । त्यसैले सर्वश्रेष्ठको अहंकार पाल्नु मूर्खता हो ।

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुपुस्तकबाट

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ४ : ५९ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल