इटलीमा कोरोनाभाइरस सङ्क्रमणको ‘नयाँ लहर’ आउन सक्ने भन्दै प्रधानमन्त्रीद्वारा नागरिकलाई सचेत बन्न आग्रह | Khabarhub Khabarhub

इटलीमा कोरोनाभाइरस सङ्क्रमणको ‘नयाँ लहर’ आउन सक्ने भन्दै प्रधानमन्त्रीद्वारा नागरिकलाई सचेत बन्न आग्रह


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोम– क्रिश्चियनहरूको पवित्र पर्व इस्टरका समय कोरोना भाइरसको सङ्क्रमण फैलिनसक्ने भन्दै इटलीका प्रधानमन्त्री मारियो ड्रागीले नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री ड्रागीले आगामी ३–५ एप्रिलमा पूर्ण रूपमा मुलुक बन्द गरिने घोषणा गरेका छन् । एक वर्ष अघि राष्ट्रिय लकडाउन गरेको इटलीमा सङ्क्रमण फैलिँदो क्रममा रहेपछि सङ्क्रमण रोक्न फेरि सङ्घर्ष गर्नुपरेको अधिकारीहरूले बताएका छन् ।

सोमवारदेखि विद्यालय, पसल र रेस्टुराँहरू इटलीको आधाभन्दा बढी क्षेत्रमा बन्द रहनेछन् । सबभन्दा बढी जनघनत्व भएका रोम र मिलानमा पनि लकडाउन गरिएको छ । मानिसहरूलाई स्वास्थ्य सेवा र अति आवश्यक काममा बाहेक घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।

प्रधानमन्त्रीको कार्यालयले नयाँ प्रतिबन्ध इस्टरसम्म कायम रहने बताएका छन् । इस्टर सप्ताहान्तलाई सम्पूर्ण मुलुकलाई उच्च सतर्कतायुक्त ’रेड जोन’ बनाइनेछ ।

इटली युरोपमा बेलायतपछि बढि प्रभावित मुलुक हो । इटलीको मृत्युदर बेलायतको भन्दा कम भएपनि अन्य यूरोपेली मुलुकको मृत्युदरभन्दा बढी रहेको छ । यूरोपेली संघका अन्य मुलुकमा जस्तै इटलीमा खोप अभियानमा ढिलाइ भइरहेको छ ।

इटलीले आफ्नो मुलुकमा खोप अभाव पूर्ति गर्न भन्दै गत हप्ता दुई लाख ५० हजार अक्सफर्ड–आस्ट्राजेनेका खोप अस्ट्रेलिया निर्यात गर्नमा रोक लगाएको थियो ।

बुल्गेरिया, डेनमार्क र नर्वेले भने अक्सफर्ड–आस्ट्राजेनेका खोपले रगत जमाउने हल्लाबीच उक्त खोप प्रयोग रोकेका छन् । शुक्रवार विश्व स्वास्थ्य सङ्गठनले रगत जम्ने कुरा सत्य भएको कुनै सङ्केत नमिलेको भन्दै खोप प्रयोग रोक्न नहुने बताएको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  १० : २८ बजे

काठमाडौं शंखपार्कमा एक पुरुषको शव फेला

काठमाडौं– काठमाडौँको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेको छ ।

ठूला दलबीच सहकार्य आवश्यक : रमेश लेखक

कञ्चनपुर– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबीच

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ ।

अतिक्रमित जमिन खाली गराइने

बाँके– लामो समयदेखि अतिक्रमणमा परेको बाँकेको कोहलपुर नगर विकास समितिको

चोरले एक तोला सुन निलेपछि…

पाँचथर– पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन