चैत ७ गतेको बैठकमा एमालेका सबै नेताहरूलाई बोलाएका छौँ : मन्त्री ढकाल | Khabarhub Khabarhub

चैत ७ गतेको बैठकमा एमालेका सबै नेताहरूलाई बोलाएका छौँ : मन्त्री ढकाल


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– संस्कृति, नागरिक उड्डयन र पर्यटन मन्त्री भानुभक्त ढकालले आगामी चैत्र ७ गते तय भएको केन्द्रीय कमिटी बैठकमा नेकपा एमालेका सबै नेताहरूलाई बोलाइएको जानकारी दिएका छन् ।

नेकपा एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका मन्त्री ढकालले शुक्रबारको बैठकमा छुटेका सबै नेताहरूलाई बोलाइएको बताएका हुन् ।

शनिबार सुर्खेतको वीरेन्द्रनगरमा एमालेका अगुवा नेता–कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री ढकालले भने, ‘उहाँहरु बैठकमा भाग लिन आउनुहुन्छ, आउनुहुन्न त्यो उहाँहरुको कुरा हो । शुक्रबार पद भन्दा पनि इमान भएका पूर्व माओवादी केन्द्रका व्यक्तिहरूलाई सम्मान गरिएको हो । इमान्दार नेता कार्यकर्तालाई जिम्मेवारी दिइएको हो।’

इमानलाई छोड्दैनौँ भन्ने व्यक्तिहरु आफूहरूसँग आएको उनले दाबी गरे ।

‘अफ्ठ्यारो त छ नै । हिजो पूर्वमाओवादीबाट सांसद बन्नुभएका साथीहरूले सांसद पदबाट राजीनामा दिनुपर्ला । तर, इमान्दारिता ठूलो की पद भन्ने कुरा हो ?’ उनले भने ।

शुक्रबारको बैठकबाट विधान संशोधन गरेको र महाधिवेशन आयोजक कमिटी बनेको खण्डमा अध्यक्ष र महासचिव मात्रै राख्ने व्यवस्था गरिएको पनि ढकालले बताए ।

उनले माधव नेपाल, झलनाथ खनाल लगायतलाई व्यङ्ग्य गर्दै एमाले सम्झिरहनेहरूको पद केही नगरेको बताए ।

माधव नेपाल पक्षका नेता कार्यकर्तालाई ज्वरो आएको र एक सातामा ज्वरो सेलाएपछि पार्टी बैठकमा आउने र पार्टी काममा लाग्ने विश्वास पनि व्यक्त गरे ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ३ : ३५ बजे

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै , विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

 काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु