भारतविरूद्धको टी-ट्वान्टी सिरिजमा इंग्ल्यान्डलाई अग्रता | Khabarhub Khabarhub

भारतविरूद्धको टी-ट्वान्टी सिरिजमा इंग्ल्यान्डलाई अग्रता


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाहुना टोली इंग्ल्यान्डले भारतविरूद्धको ५ खेलको टी-ट्वान्टी सिरिजमा १-० को अग्रता बनाएको छ ।

घरेलु टिम भारतविरुद्धको पहिलो टी-ट्वान्टी क्रिकेटमा ८ विकेटकले जित निकाल्दै इंग्ल्यान्डले सिरिजमा १-० को अग्रता बनाएको हो ।

अहमदाबादमा शुक्रबार राति भएको खेलमा भारतले दिएको १ सय २५ रनको लक्ष्य इंग्ल्यान्डले १५ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो ।

इंग्ल्यान्डको जितमा जासन रोयले ४९ रन जोड्दा जोस बटलरले २० रन बनाए । जोनी बेयर्स्टोले अविजित २६ रन बनाए । डाविड मालन २४ रनमा अविजित रहे ।

भारतका युजभेन्द्र चाहल र वासिङ्गटन सुन्दरले १/१ विकेट लिए ।

पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय २४ रन बनाएको थियो । भारतका श्रेयस एयरले ६७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै ऋषव पन्तले २१ रन जोड्दा हार्दिक पाण्डयले १९ रन बनाए ।

इंग्ल्यान्डका जोफ्रा आर्चरले ३ विकेट लिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ७ : ५५ बजे

ठोरी भन्सार सञ्चालनमा

चितवन– माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं– बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय

आयोगले उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझायो

काठमाडौं– निर्वाचन आयोगले बैशाख १५ मा सम्पन्न उपनिर्वाचनको परिणाम प्रतिवेदन

वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं– वेष्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० शृंखलाको चौथो खेलमा नेपालले

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी