काम खोज्दै शाहरुखका डुप्लिकेट | Khabarhub Khabarhub

काम खोज्दै शाहरुखका डुप्लिकेट


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–गत वर्षको कोरोना महामारीका कारण आम मानिसको जिन्दगीमा निकै बद्लाव आएको छ ।

यो महामारीका कारण विश्वका करोडौं मानिस बेरोजगार बनेका छन् । मनोरञ्जन उद्योगको अवस्थामा पनि राम्रो हुन सकेको छैन ।

धेरै फिल्मको सुटिङ रोकिएकाले बलिउडमा धेरैजसो बेरोजगार बनेका छन् । बलिउड अभिनेता शाहरुख खानको ‘डुप्लिकेट’ भनेर चिनिने राजु राहिकवारको अवस्था पनि उस्तै छ ।

राजु विश्वभरमा हुने विभिन्न कार्यक्रममा उपस्थित जनाएर शाहरुखको मिमिक्री गर्दै आम्दानी गर्दै आएका थिए । तर कोरोना भाइरसका कारण लागु भएको लकडाउन र कार्यक्रम हुने हल बन्द भएपछि उनको अवस्था नाजुक बनेको छ ।

बेरोजगार भएपछि उनले अभिनेता सोनू सूदलाई ट्वीटरमार्फत आफूलाई सहयोग गर्न आव्हान नै गर्नुपर्यो ।

हालका दिनमा राजु गुगलमा इभेन्ट मेनेजरको नम्बर खोजेर मेनेजरलाई आफूलाई काम दिनका लागि सन्देश पठाउन थालेका छन् ।

‘ममाथि धेरै पारिवारिक जिम्मेवारी छ र यसका लागि मलाई कामको आवश्यकता छ’, उनी भन्छन् ।

राजु आफूसँग बिजुलीको बिल तिर्ने पैसासमेत नरहेको खुलाउछन् । ‘पैसा नभएका कारण घरको बिजुली काटीदिने चेतावनी पनि आएको थियो । मलाई अहिले पैसा होइन, काम चाहिएको छ’, उनी भन्छन् ।
–एजेन्सी

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ८ : २५ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर