आधिकारिक नेकपा हामी हौँ, 'सेटिङ'कै भरमा निर्णय भए निर्वाचन आयोग घेर्छौं : अध्यक्ष नेपाल  | Khabarhub Khabarhub

आधिकारिक नेकपा हामी हौँ, ‘सेटिङ’कै भरमा निर्णय भए निर्वाचन आयोग घेर्छौं : अध्यक्ष नेपाल 


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनकुटा– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले नेकपाको आधिकारिकता आफूहरुले पाउने दाबी गरेका छन ।

प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार धनकुटामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता नेपालले केन्द्रीय सदस्यको संख्याका आधारमा पार्टीको आधिकारिता आफूहरुनै भएको दाबी गरेका हुन ।

निर्वाचन आयोगले सेटिङको भरमा अन्यायपूर्ण निर्णय गरेमा तीन सय केन्द्रीय सदस्य आयोग घेर्न जाने चेतावनी दिए ।

‘म र प्रचण्ड नेतृत्वको नेकपा नै आधिकारिक हुने पक्का छ’, उनले भने, ‘तर सर्वत्र सेटिङ गरेको भरमा गलत निर्णय लिएमा तीन सय केन्द्रीय सदस्य हातमा नागरिकता लिएर आयोग घेर्न लान्छौं ।’

मुलुक र जनताप्रतिको चिन्ता कहिल्यै नलिने ओली उखानटुक्का सुनाउँदै हिँडेको समेत उनले आरोप लगाए ।

निर्मला पन्त, भागरथी भट्टलगायत बलत्कारको सिकार भएका घटनामा सरकारले दोषीलाई अझै कारबाही गर्न नसक्नु दुखद् रहेको बताए ।

सभालाई नेकपा स्थायी कमिटी सदस्यहरु वर्षमान पुन र भीम आचार्य, रामकुमारी झाँक्री, हेमराज भण्डारीलगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ८ : १६ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र