निजी क्षेत्रसँगको सहकार्यलाई गति दिन सरकार तत्पर छ : मन्त्री भट्ट | Khabarhub Khabarhub

निजी क्षेत्रसँगको सहकार्यलाई गति दिन सरकार तत्पर छ : मन्त्री भट्ट


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकार र निजी क्षेत्र अलग हो भन्ने प्रवृत्ति बदल्नुपर्ने उल्लेख गर्दै निजी क्षेत्रसँगको सहकार्यलाई थप गति र नयाँ उचाई दिन सरकार तत्पर रहेको बताएका छन।

राष्ट्रिय व्यवसायिक पहलको चौधौं वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री भट्टले कृषिमा पूँजीको बन्देज र विभिन्न शर्तहरु राखेर वैदेशिक लगानी खुला गरिएको बताए ।

उनले कोभिड–१९बाट परेको प्रतिकूल असरलाई कम गर्न सरकार क्रियाशील रहेकोले व्यवसायीहरुको सुझावलाई कार्यान्वयन गर्न सरकार सदैव तत्पर रहेको जानकारी दिए ।

कार्यक्रममा मन्त्री भट्टले राष्ट्रिय व्यवसायिक पहलद्वाराप्रकाशित कोभिड १९ को प्रभावमा परेका साना, मझौला तथा लघु उद्यमको पुनर्स्थापना गर्न आवश्यक नीतिगत परिमार्जन सम्बन्धि निजी क्षेत्रले अघि सारेका सल्लाह सुझाव सहितको प्रतिवेदन विमोचन गरेका थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले कोभिडको मार निजी क्षेत्रले बोक्नु परेको बताउँदै दोहोरो कानूनले व्यवसायमा झन्झट थपिएको बताए ।

यसैगरी नेपाल उद्योग परिसंघका उपाध्यक्ष विष्णु अग्रवालले साना व्यवसायले पुनकर्जा पाउन कठिन भएकोले सरलीकरण हुनपर्नेमा जोड दिएका थिए ।

नेपाल साना तथा घरेलु उद्योग महासंघका कार्यबाहाक अध्यक्ष उमेश प्रसाद सिंहले कोभिडबाट सबैभन्दा बढी असर साना तथा घरेलु व्यवसायमा परेकोले त्यसतर्फ सबैको ध्यानकेन्द्रित हुनुपर्ने बताए ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ७ : ११ बजे

धेरै कम्पनीको शेयर मूल्य घट्दा पनि बढ्यो नेप्से 

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) प्री ओपन सेसनमा १०

रामेछापमा पहिलोपटक जुनारमा ‘ट्याग’ लगाइँदै

मन्थली– जुनार बगैँचालाई थप व्यवस्थित गर्ने उद्देश्यले रामेछापमा पहिलो पटक

म्याग्दी र मुस्ताङमा बढ्यो पर्यटकीय चहलपहल

गलेश्वर– म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिक स्थलमा आन्तरिक तथा

तिब्बतमा बढिरहेको आर्थिक गतिविधिबाट नेपाललाई फाइदा हुन्छ : मन्त्री भण्डारी (भिडियोसहित) 

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनको स्वशासित क्षेत्र

इलाम–२ को अपडेट : फराकिलो अग्रतामा सुहाङ

इलाम– इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना