यी हुन् आज विद्युत कटौती हुने काठमाडौँका स्थान | Khabarhub Khabarhub

यी हुन् आज विद्युत कटौती हुने काठमाडौँका स्थान


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपाल विद्युत प्राधिकरणले आज काठमाडौँका विभिन्न क्षेत्रमा विद्युत कटौती गर्दैछ ।

सडक विस्तारको काम चलिरहेको तथा विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकोले विद्युत आपूर्ति बन्द गर्न लागिएको केन्द्रले जनाएको छ।

बानेश्वर वितरण केन्द्रले काठमाडौंका विभिन्न क्षेत्रमा आज र भोलि दिउँसो विद्युत् कटौती गर्ने जनाएको हो ।

साँखु, गोठाटार र कोटेश्वरमा शनिबार तथा कपन फिडर अन्तर्गतका क्षेत्रमा आइतबार विद्युत बन्द गर्न लागेको हो ।

कहाँ कतिबेला विद्युत कटौती

बानेश्वर वितरण केन्द्रले दिएको जानकारीअनुसार आज बिहान ११ देखि दिउँसो २:३० बजेसम्म साँखु फिडर अन्तर्गतका विद्युत काटिनेछ।

आझै गोठाटार फिडर अन्तर्गत बिहान ११ बजेदेखि दिउँसो १२:३० बजेसम्म र कोटेश्वर फिडरको दिउँसो १:३० देखि अपरान्ह ४:३० सम्म विद्युत काटिनेछ।

कपन फिडर अन्तर्गत आइतबार बिहान ११ बजेदेखि दिउँसो १:३० बजेसम्म विद्युत बन्द हुने केन्द्रले जानकारी दिएको छ।

हेर्नुहोस् सूचना

 

 

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ५ : ५० बजे

रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं– रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा नगर

आजको मौसम : चट्याङ-हावाहुरीसहित वर्षा 

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

लखनउविरुद्ध १६ बलमा टेभिस हेडको अर्धशतक

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ।