वैदेशिक रोजगारीमा कुवेत पुगेकी एक नेपाली महिलाको मृत्यु | Khabarhub Khabarhub

वैदेशिक रोजगारीमा कुवेत पुगेकी एक नेपाली महिलाको मृत्यु


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– वैदेशिक रोजगारीको लागि कुवेत पुगेकी एक नेपाली महिलाको मृत्यु भएको छ ।

घरेलु कामदारको रुपमा गैरकानूनी बाटो हुदैँ त्यहाँ पुगेकी मकवानपुर घर भएकी सरिता थिङको मृत्यु भएको हो ।

गैरकानुनी रुपमै कार्यरत रहेकी थिङको उपचारको क्रममा त्यहाँको आदान अस्पातलमा मृत्यु भएको कुवेतस्थित नेपाली दूतावास स्रोतले जानकारी दिएको ही ।

उनी अल्सरको बिरामी थिइन् । मृतकको परिवारसँग सम्पर्क गरी शव स्वदेश पठाउने तयारी गरिएको भए पनि गैरकानूनी बाट हुदैँ त्यहाँ पुगेको र स्पोन्सरको घरबाट समेत भागेको हुँदा शव नेपाल पठाउन आर्थिक समस्या भएको बताइएको छ ।

शव पठाउन समस्या भएपछि आर्थिक संकलन गर्न थालिएको सामाजिक अभियन्ता चन्द्र पाइजा पुनले जानकारी दिए ।

उनका अनुसार शव स्वदेश पठाउन ३९० कुवेती दिनार लाग्ने र दूतावासले पनि केहि गर्न नसक्ने भनेपछि आर्थिक संकलनको कार्य थालिएको उनले बताए ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  १० : १३ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको