भूकम्प सुरक्षा दिवस यस वर्ष भक्तपुरमा मनाइने | Khabarhub Khabarhub

भूकम्प सुरक्षा दिवस यस वर्ष भक्तपुरमा मनाइने


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले केन्द्रीयस्तरको भूकम्प सुरक्षा दिवस भक्तपुरको थिमीमा मनाउने भएको छ ।

गृहमन्त्री रामबहादुर थापा अध्यक्ष रहेको भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको निर्णयअनुसार माघ २ गते भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा दिवस मनाउन लागिएको हो ।

उक्त कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । यस वर्ष दिवसको नारा ‘बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ तय गरिएको छ ।

भूकम्प सुरक्षा दिवस मार्गदर्शन २०७१ को व्यवस्थाबमोजिम उक्त नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको संयोजकत्वमा व्यवस्थापन समिति र शहरी विकार तथा भवन निर्माण विभागका महानिर्देशकको संयोजकत्वमा प्रचारप्रसार उपसमिति बनाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

तेइसौँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले देशव्यापीरुपमा स्कूलस्कूलमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत अनुरोध गरेको छ । यस्तै प्रदेशस्तरमा दिवस मनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र पालिकास्तरमा दिवस मनाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत अनुरोध गरिएको प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए ।

जिल्लामा भूकम्प सुरक्षा दिवस मनाउन प्राधिकरणमार्फत परिपत्र गरिसकिएको उनले जानकारी दिए ।

उक्त कार्यक्रमका लागि केन्द्रीय विपद् व्यवस्थापन कोषबाट रु १५ हजारका दरले उपलब्ध गराउने निर्णय भइरहेको छ । दिवसमा केन्द्रीयस्तरमा विभिन्न कार्यक्रम सञ्चालन गर्न उक्त कोषबाट रु चार लाख भूकम्प प्रविधि राष्ट्रिय समाजलाई उपलब्ध गराउने निर्णय पनि समितिले गरेको छ ।

उक्त दिवसका अवसरमा नमूना अभ्यास, तालीम, उद्धार सामग्री वितरण, रक्तदान, सन्देशमूलक सामग्री प्रसारण, चेतनामूलक प्रहसन, नाटकजस्ता विषय छनोट गर्न सम्बन्धित प्रशासन कार्यालयलाई भनिएको छ । समितिले दिवस सफल बनाउन नगरिक समाज, संयुक्त राष्ट्रसङ्घीय निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था र सामुदायिक संस्थालाई आह्वान गरेको छ । भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले दिवसमा सक्रिय सहभागिताका लागि साझेदार संस्थालाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ७ : ०७ बजे

विश्व आर्थिक मञ्चको प्रमुख एजेन्डामा गाजा

काठमाडौं– गाजामा जारी युद्ध र मध्यपूर्वको तनाव व्यापक समाधानका लागि

बझाङमा सर्वदलीय बैठक जारी, १ बजेपछि मतगणना हुने 

बझाङ– बझाङमा सर्वदलीय बैठक जारी छ । बझाङ प्रदेशसभा १

सुपला भट्टराई : दर्शकको मन जित्न सफल बालकलाकार

काठमाडौं– बालविवाह र बोक्सी कुप्रथाको विषयमा बनेको चलचित्र ‘बोक्सीको घर’

वेस्ट इन्डिज’ए’ ले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

काठमाडौं– नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको दोस्रो

फाकफोकथुम : एमाले–कांग्रेसको पुरानो गढ

इलाम- प्रतिनिधिसभाको उपचुनावको मतगणना फाकफोकथुम गाउँपालिकाको वडा नम्बर–१ बाट सुरु