फुटको कारक ओली हुन्, पार्टी एकता हतरपतरको थिएन- प्रचण्ड | Khabarhub Khabarhub

फुटको कारक ओली हुन्, पार्टी एकता हतरपतरको थिएन- प्रचण्ड


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  पार्टी फुटको कारक प्रधानमन्त्री केपी शर्मा ओली नै भएको बताएका छन् ।

बुधबार नेकपाको आफ्नो गुटका काठमाडौं जिल्लास्तरीय भेलालाई प्रज्ञाप्रतिष्ठानमा सम्बोधन गर्दै दाहालले पार्टी एकता गर्दा हतरपतर नभई विचारमा पर्याप्त संवेदनशीलता देखाएको दाबी पनि गरे ।

प्रधानमन्त्री ओलीलाई कटाक्ष गर्दै दाहालले भने, ‘कतिपय नेताहरु पोलिटिकल जोक्कर जसरी प्रस्तुत हुन थालेका छन्, यो विक्षिप्त मानसिकताको उपज हो कि भनेर किन प्रश्न नगर्ने ?’

दाहालले आफ्नो पक्षको भेलाहरू कुनै पनि प्रहसन, उखानटुक्का र उत्तेजित बनाउनका लागि नभएको पनि प्रष्ट्याए ।

‘हामी यहाँ कुनै प्रहसन गर्न, उखानटुक्का भन्न, उत्तेजित भाषण गर्न उपस्थित भएको होइन । मुलुक गम्भीर संकटमा परेको र त्यसको उद्धारका लागि एकजुट भएका छौँ।’

ओलीले असंवैधानिक कदम चालेर मुलुकलाई संकटमा धकेलेकाले त्यसको प्रतिवादमा उत्रन परेको उनले बताए ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ३ : १० बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री