त्रिशूली नदीमा बेलिब्रिज निर्माण | Khabarhub Khabarhub

त्रिशूली नदीमा बेलिब्रिज निर्माण


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- हाकु क्षेत्रका बासिन्दालाई यातायातको पहुँच पुर्‍याउन त्रिशूली नदीमा बेलिब्रिज निर्माण गरिएको छ ।

गोसाइँकुण्ड गाउँपालिका–६ र आमाछोदिङ्मो गाउँपालिका–१ को सीमास्थित  त्रिशूली नदीमा अपर त्रिशूली वान नामक जलविद्युत् आयोजनाले ४० मिटर लामो बेलिब्रिज निर्माण गरेको हो ।

भौगोलिक रुपमा विकट रहेको हाकु क्षेत्रका बासिन्दालाई यातायातको सुविधा पुर्‍याउन मोटरेबल बेलिब्रिज निर्माण गरिएपछि त्यस क्षेत्रका बासिन्दा हर्ष विभोर भएका छन् । सो बेलिब्रिजको भार बहन क्षमता ४० टन रहेको बताइएको छ ।

बेलिब्रिजका लागि आवश्यक पर्ने सामान खरीद तथा जडान एवं ३०० मिटर पहुँच मार्गलगायत संरचना निर्माणका लागि छ करोड ८० लाख खर्च भएको आयोजनाका महाप्रबन्धक गिरीराज अधिकारीले बताए ।

२१६ मेगावाट क्षमताको अपर त्रिशूली वान जलविद्युत् आयोजनाले स्थलगतरूपमा आफ्ना गतिविधि कार्यरम्भ शुरु गर्नुपूर्व नै प्रभावित क्षेत्रमा बेलिब्रिज बनाई समुदायमाझ सम्मान गरेको हो ।

नवनिर्मित बेलिब्रिजले हाकु, नेशिङ एवं लुमराङ क्षेत्रमा बसोबास गर्ने करीब चार–पाँच सय घरपरिवारलाई सवारी साधनमा नियमित ओहोरदोहोर गर्न र आयोजनाको निर्माण सामग्री ढुवानीमा सहज पार्ने आमाछोदिङ्मो गाउँपालिका–१ का वडाध्यक्ष निमा ढिण्डु तामाङले जानकारी दिए ।

स्याफ्रु-मैलुङ अन्तर्राष्ट्रिय राजमार्गबाट सहायक मार्गका रूपमा खोलिएको नौ किमी हाकु ग्रामीण सडक बाह्रै महिना चल्ने स्थानीय बासिन्दाले अपेक्षा राखेका छन् ।

स्थलगतरूपमा कार्यारम्भ गर्नुपूर्व नै पुल निर्माण गरी आयोजनाले गरेको योगदान हाकुवासीमाझ उल्लेखनीय रहेकोसमेत वडाध्यक्ष तामाङले बताए ।

हाकुबेँसीदेखि ठूलोहाकुसम्म मोटर लान पूर्वतयारीका लागि गाउँपालिकामार्फत गत वर्ष खोलिएको ग्रामीण सडकको ट्याक सफा गर्ने कार्यसमेत शुरु भइसकेको वडा नं १ को कार्यालयले जनाएको छ ।

बेलिब्रिज निर्माण एवं  मोटरबाटोको ट्याक खुलेसँगै पुस्तौँदेखिको उकालीओरालीमा बोक्नुपर्ने डोको–नाम्लो अब टुट्ने आशाले गाउँवासी हर्ष विभोर भएको समाजसेवी निमदर्के तामाङले बताए ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  १ : ५५ बजे

युवाहरु विदेश तिर, नेपाली उद्योगमा विदेशी ल्याउनुपर्ने बाध्यता

काठमाडौं–उदयपुर घर भएको एक युवा लघुवित्तको ५० हजार हाराहारीको जागिर

म षड्यन्त्रको शिकार भए : सन्दीप लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफू

रेशमको मुस्किल बढ्यो, एमालेको १ सिटले कांग्रेसलाई सत्ताको ढोका बन्द

काठमाडौं- उपनिर्वाचनको अघिल्लो नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले सामाजिक

सुहाङलाई जिताउन शिवमाया र महेशको त्यो मिहिनेत

काठमाडौं–इलाममा लामो समयदेखि नेकपा एमालेको पकड छ । यहाँका दुवै

बङ्गलादेशमा अत्याधिक गर्मी, तोडियो ‘रेकर्ड’

ढाका – बङ्गलादेशको मौसम ब्युरोले बुधबार अप्रिल रेकर्डमा सबैभन्दा तातो