कङ्गोमा विस्थापित २० हजारलाई नेपाली सेनाले आवास बनायो | Khabarhub Khabarhub

कङ्गोमा विस्थापित २० हजारलाई नेपाली सेनाले आवास बनायो


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफ्रिकी मुलुक कङ्गोमा तैनाथ नेपाली सेना शान्ति सैनिकको इञ्जिनियर गुल्मले निकै छोटो समयमा ठूलो सङ्ख्यामा विस्थापित द्वन्द्वपीडितका लागि आवास निर्माण गरेर उदाहरण प्रस्तुत गरेको छ ।

कङ्गोको डिजुगु क्षेत्रबाट विस्थापित २० हजार जनतालाई बुनियास्थित मुजिपेला क्षेत्रमा नेपाली शान्ति सैनिकले छोटो अवधिमा विभिन्न संरचनासहितको आवास निर्माण गरी हस्तान्तरण गर्न सफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

गत जेठ १९ गतेदेखि अन्तर्राष्ट्रिय आप्रवास सङ्गठनको अनुरोधमा सात हेक्टर जमीनमा बाटो र वासस्थान निर्माण गरिएको नेपाली सेनाले जनाएको छ ।

यसअघि सन् २०१९ मा पनि उक्त गुल्मले सोही स्थानमा संयुक्त राष्ट्रसङ्घको अनुरोधमा १० हजार विस्थापितका लागि आवश्यक संरचना निर्माण गरी महत्वपूर्ण योगदान पुर्‍याएको थियो।

नेपाली सेनाको यो कार्यको संयुक्त राष्ट्रसङ्घ शान्ति कार्यका प्रमुख, त्यहाँ तैनाथ शान्ति सैनिकका फोर्स कमाण्डर, गर्भनर र स्थानीयले मुक्तकण्ठले प्रशंसा गरेका छन्। हाल इञ्जिनियर गुल्मका गुल्मपति प्रमुख सेनानी सुरेश थापा छन्।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ७ : १८ बजे

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।

बाजुराको खापरमा आगलागीबाट तीन घर नष्ट

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

क्रिकेटर लामिछानेको मुद्दामा आजलाई पेसी

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाप्रति