कारवाहीको माग गर्दै छिमेकीले भालेविरुद्ध मुद्दा हालेपछि... | Khabarhub Khabarhub

कारवाहीको माग गर्दै छिमेकीले भालेविरुद्ध मुद्दा हालेपछि…


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुखुराको भाले बास्नु प्राकृतिक कुरा हो । फ्रान्समा एक महिलाले कुखुरामाथि कारवाहीको माग गर्दै प्रहरीमा उजुरी दिएकी छिन् ।

उक्त भाले कुखुराको नाम मोरिस हो । हरेक बिहान सबेरै उक्त भाले कुखुरा जोडसँग बास्ने गरेको र त्यसरी बास्दाखेरी ध्वनि प्रदूषण हुनुका साथै छरछिमेकका मानिसहरूको निद्रा बिथोलिएको आरोपमा मुद्दा दिइएको छ ।

फ्रान्सको इस्ले अफ अल्रनस्थित सेन्ट पियरे द अलरन गाउँमा स्थानीय करिन फेस्सयू नामकी महिलाले घरमा पालेको उक्त कुखुरामाथि छिमेकीले मुद्दा हालेका हुन् ।

सन् २०१७ को अप्रिल महिनामा पहिलोपटक ती महिलाका छिमेकीहरुले कुखुरा कराएको भन्दै गुनासो गरेका थिए । छिमेकीहरुले कुखुरा बासेर आफूहरुलाई डिस्टर्ब भएको भन्दै कुखुरालाई चुप राख्न भनेका थिए ।

आगामी सेप्टेम्बर ५ तारेखमा उक्त मुद्दामा सुनुवाइ रहेको र सोही दिन फैसला आउने अपेक्षा गरिएको छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ६ : २५ बजे

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी

क्यानडाका लागि नेपाली राजदूत पौड्यालबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले गभर्नर जलरल मेरी