बढ्यो चारपाङ्ग्रेको आयात | Khabarhub Khabarhub

बढ्यो चारपाङ्ग्रेको आयात


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– दशैँतिहार लगायतका चाडपर्वसँगै देशमा चारपाङ्ग्रे सवारीसाधन (जीप कार र भ्यान ) को आयात बढेको पाइएको छ ।

गतवर्ष चाडपर्वमा कोभिड– १९को सङ्क्रमण कायमै थियो । अहिले कोभिड– १९ को प्रकोप सामान्य बन्दै गएको अवस्थामा चारपाङ्ग्रेको किनबेचले प्राथमिकता पाएको हो ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चाडपर्व लक्षित गरी गत साउन र भदौमा कूल एक हजार ६७२ वटा सवारी साधन उक्त नाका हुँदै आयात भएको देखिन्छ ।

सो अवधिमा चारपाङ्ग्रे सवारीसाधन आयातबाट कूल रु पाँच अर्ब २२ करोड ७२ लाख ६१ हजार बराबरको राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए । असोजमा पनि यस्ता सवारीसाधान भित्रिने सङ्ख्या धैरै रहेको देखिन्छ ।

यसैगरी वीरगञ्जस्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार विशेष गरी रेलमार्गको बाटोहुँदै भारतलगायत विभिन्न मुलुकबाट चाडपर्व लक्षित गरी चारपाङ्ग्रे सवारीसाधनको आयात बढेको पाइएको छ ।

उक्त नाकाबाट पछिल्लो दुई महिनायता विद्युतीय र विद्युतीयबाहेकका चारपाङ्ग्रे सवारीसाधन जीप, कार र भ्यानको आयात बढेको कार्यालयका प्रमुख डा लालबहादुर खत्रीले जानकारी दिए । सो कार्यालयका अनुसार साउन र भदौमा २०५ वटा सवारीसाधन नेपाल भित्रिएको देखिन्छ ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ८ : ४० बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको