अस्पतालमा शंकास्पद वस्तु राखेर फिरौती मागेको आरोपमा तीन जना पक्राउ (भिडियोसहित) | Khabarhub Khabarhub

अस्पतालमा शंकास्पद वस्तु राखेर फिरौती मागेको आरोपमा तीन जना पक्राउ (भिडियोसहित)


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको मैतीदेवीस्थित मातृका आँखा केन्द्रको भवनमा शंकास्पद वस्तु राख्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँले आइतबार पत्रकार सम्मेलन गर्दै शंकास्पद वस्तु राखेर फिरौती रकम मागेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा धादिङ त्रिपुरासुन्दरीका आशिष गुरुङ, अभिषेक कुँवर र रोल्पाका अमरबहादुर रोक्का मगर रहेको प्रहरीले जनाएको छ ।

केन्द्रमा रहेको सीसी टीभी क्यामरामा दुई जना व्यक्तिले शंकास्पद वस्तु राखेको देखिएपछि प्रहरीले खोजी तीव्र पारेको थियो ।

अस्पतालका डाक्टरलाई तीन करोड रुपैयाँ नदिए अस्पताल ध्वस्त बनाउने धम्की दिएको अनुसन्धानमा देखिएको परिसरका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । उनले घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताए ।

भाद्र २४ गते मातृका आँखा केन्द्रमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निस्क्रिय पारेको थियो ।

यसैगरी प्रहरीले लागू औषध अफिम कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ परेका व्यक्तिका साथ २ केजी दुई सय २४ ग्राम अफिम फेला परेको प्रहरीले जनाएको छ ।

हेरौँ भिडियो

यो पनि पढौँ

पुरानो बानेश्वरमा भेटिएको शंकास्पद वस्तु डिस्पोज (भिडियोसहित) 

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ४ : १३ बजे

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको