प्रहरी समक्ष आरोपीको बयान : एउटै चिर्पटले ६ जनाको लगालग हत्या गरेँ | Khabarhub Khabarhub

प्रहरी समक्ष आरोपीको बयान : एउटै चिर्पटले ६ जनाको लगालग हत्या गरेँ


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– संखुवासभाको मादी नगरपालिका– १ उम्लिङ खोलागाउँको सामूहिक हत्याकाण्डमा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीले आफूले एउटै चिर्पटले ६ जनाको पालैपालो हत्या गरेको बताएका छन् ।

आइतबार प्रदेश १ प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्कीले आफूले हत्या गरेको स्वीकार गरेका हुन् । प्रदेश १ प्रहरी प्रमुख डीआईजी अरुणबहादुर बिसीले कार्कीले योजनाबद्ध नभई आवेगमा आएर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको जानकारी दिए ।

कार्कीले सुरुमा बडाबा तेजबहादुर कार्कीको हत्या गरेका थिए । तेजबहादुरको हत्या गरेको अरुले देखेपछि उनकी श्रीमती ५२ वर्षीया कमला कार्की र ३२ वर्षीया बुहारी रञ्जना कार्कीलाई एउटै चिर्पटले हानेर हत्या गरेको उनले स्वीकार गरेका छन् ।

हजुरआमा र आमाको हत्या गरेको दीपेन र गोमा कार्कीले देखेपछि उनीहरूलाई खरबारीमा लखेटी लखेटी हत्या गरेको उनको भनाइ छ । पाँचजनाको हत्यापछि घर पुगेर भैंसीलाई कुँडो पकाइरहेकी हजुरआमा पार्वती कार्कीको भित्ता ठोक्काउँदै चिर्पटले हानेर हत्या गरेको लोकबहादुरले बयान दिएको डीआईजी बिसीले जानकारी दिए ।

सबैको हत्या गरेपछि घटनास्थलबाट १०० मिटर टाढा रहेको आफ्नो घरमा पुगेका थिए । हत्यापछि लोकबहादुरले अभियुक्तलाई चाँडो पक्राउ गर्न भन्दै प्रहरीसँग भन्दै आएका थिए । उनले अनुसन्धानमा सहयोग मात्र गरेनन्, प्रहरीलाई खानासमेत बनाएर खुवाउँदै आएका थिए । न्यूजकारखाना

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  १२ : ५२ बजे

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी