बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल | Khabarhub Khabarhub

बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली महिला फुटबल टोलीले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे हुने खेलमा नेपाली टोली फेरि पनि जित्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।

पहिलो मैत्रीपूर्ण खेलमा डेब्यु खेलाडी  सविता रानामगर र प्रीति राईको गोलले नेपालले जितेको थियो । दोस्रो खेलमा नेपालको सुरुवाती ११ मा परिवर्तनको सम्भावना न्यून छ ।

पहिलो मैत्रीपूर्ण खेलमा लेफ्ट ब्याक हिराकुमारी भुजेल घाइते भए पनि उनी अभ्यास सत्रमा सहभागी भएकी छन् । यसअघि हिराको स्थानमा सृजनाले डेब्यु गरेकी थिइन् ।

प्रशिक्षक ग्यारी फिलिप्सले दोस्रो मैत्रीपूर्णसमेत सोही सेट उतार्न सक्छन् । खेल अनुकूल नभएमा उनले नयाँ खेलाडी डेब्यु गराउन सक्छन् ।

पहिलो मैत्रीपूर्णमा सविता र प्रीतिसहित रस्मी घिसिङ र सृजना सिंहले डेब्यु गरेका थिए ।

आसन्न एएफसी महिला एसियन कप छनोटको तयारीमा रहेको नेपाली महिला टिमले घरेलु मैदानमा बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण खेल खेलको हो ।

एसियन कप छनोटमा समूह ‘एफ’मा रहेको नेपाली टिमले १८ सेप्टेम्बरमा फिलिपिन्स र २१ सेप्टेम्बरमा  हङकङसँग खेल्नेछ ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ७ : ४० बजे

धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण अलपत्र

कैलाली– धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा

मुहान सुकेपछि ट्याङ्करको पानीमा निर्भर

पाँचथर– सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

हुम्ला– ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ भन्ने

सयको नोटमा चुच्चे नक्साबारे भारतको असन्तुष्टि

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य