तोकिएकै मितिमा महाधिवेशन हुनुपर्ने माग गर्दै कांग्रेस कार्यकर्ताद्वारा प्रदर्शन | Khabarhub Khabarhub

तोकिएकै मितिमा महाधिवेशन हुनुपर्ने माग गर्दै कांग्रेस कार्यकर्ताद्वारा प्रदर्शन


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्रियाशील सदस्यता विवाद तत्काल मिलाएर तोकिएकै मितिमा महाधिवेशन हुनुपर्ने माग गर्दै नेपाली कांग्रेसका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् ।

केन्द्रीय समिति बैठक बसेको स्थल बुढानिलकण्ठमा पुगेर उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । सो क्रममा उनीहरुले सभापति शेर बहादुर देउवालाई नेपाली पार्टीको विधान र संविधानको प्रति बुझाएका छन्।

प्रदर्शनमा सहभागीले समायोजनमा भएको धाँधली खारेज गर, क्रियाशील सदस्यतामा भएको धाँधली खारेज गर, विधान मिच्न पाइँदैन, हामीलाई केही चाहिँदैन लगाएतका नारा लगाएका थिए ।

महाधिवेशन सार्न पाइँदैन, फर्जी क्रियाशील खारेज गर आदि नारा लेखिएका प्लेकार्ड सहित उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।

 

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  ९ : ०१ बजे

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार