संसदमा गगन थापाको प्रश्न : मन्त्रिपरिषद विस्तार किन हुन सकेन ? | Khabarhub Khabarhub

संसदमा गगन थापाको प्रश्न : मन्त्रिपरिषद विस्तार किन हुन सकेन ?


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेसका सांसद गगन थापाले मन्त्रिपरिषद विस्तार हुन नसक्नुको कारण माग गरेका छन् ।

विहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता थापाले सरकारको साझा न्यूनतम कार्यक्रम अनुसार अघि बढ्न सरकारलाई आग्रह गरे ।

थापाले प्रतिपक्षीमा बस्नेबितिकै सरकारलाई सुझाव दिने एमाले अध्यक्ष केपी ओलीले सरकारमा रहँदा केही पनि गर्न नसकेको तर्क गरे ।

सरकारले सबैको कुरा सुनेर अगाडि बढ्नुपर्ने भन्दै थापाले अघिल्लो सरकारले प्रमुख प्रतिपक्षीलाई नसुनेको आरोप लगाए ।

बैठकमा प्रतिनिधिसभाका सचिव गोपीनाथ मैनालीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘स्टाण्डर्स नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७६’ सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबल गरेका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक साउन २९ गते शुक्रबार १ बजे बोलाइएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  ६ : १४ बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन