त्रिवि केन्द्रीय क्याम्पस अनुसन्धान तथा शैक्षिक सञ्जालमा आवद्ध | Khabarhub Khabarhub

त्रिवि केन्द्रीय क्याम्पस अनुसन्धान तथा शैक्षिक सञ्जालमा आवद्ध


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुर विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जालका साथै इडियुरोमको विश्वव्यापी सञ्जालमा जोडिएको छ ।

विश्वव्यापी अनुन्सधान तथा शैक्षिक सञ्जालमा आवद्घताले केन्द्रीय क्याम्पसका विभिन्न सङ्कायले सञ्चालन गर्दै आएको अनुसन्धानका क्रियाकलापलाई थप सुदृढ गर्न सकिने बताइएको छ ।

विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा सन् २०१० देखि अनुसन्धान तथा शैक्षिक सञ्जाल ट्रान्स युरोसिया इन्फरमेसन नेटवर्क नेपालमा जोडिएको थियो । हालसम्म नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, काठमाडौँ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयलगायत २५ वटा सङ्घसंस्था यस सञ्जालमा आवद्ध भएका छन् । इडियुरोम अनुसन्धान र शैक्षिक सङ्घसंस्थाका व्यक्तिहरूलाई विश्वका अन्य सङ्घसंस्थामा पुग्दा सहजै नेटवर्क पहँच उपलब्ध गराउने विश्वव्यापी सेवा हो ।

सन् २००२ देखि युरोपबाट शुरु भएको इडियुरोम सेवाको मुख्य उद्देश्य अनुसन्धान र शिक्षाका क्षेत्रमा क्रियाशील सङ्घसंस्था र व्यक्तिहरुबीच इन्टरनेटलगायतका सेवामा सहज पहुँच स्थापित गरी अनुसन्धान र शैक्षिक क्रियाकलापलाई सुदृढ गर्नु रहेको छ । इडियुरोम सेवा हाल १०० भन्दा बढी देशमा उपलब्ध भइसकेको छ ।

नेपालका शैक्षिक तथा अनुसन्धानसँग सम्बन्धित सङ्घसंस्थालाई एकापसमा जोडी अनुसन्धान र सहकार्यको वातावरण तयार पार्ने, विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जालमा आवद्घ गर्ने तथा इडियुरोम सेवामा जोड्ने कामको नेतृत्व नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कले गर्दै आएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  ४ : ४७ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र