अबैध सुनसहित तीन जना पक्राउ | Khabarhub Khabarhub

अबैध सुनसहित तीन जना पक्राउ


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- अबैध रुपमा बोकिएको झण्डै आधा किलो सुनसहित प्रहरीले कैलालीमा तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बुधबार दिउँसो प्रहरीले काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको महाकाली यातायातको ना.८ख ८३४९ नम्बरको बसमा सवार तीन जनालाई सुचनाका आधारमा पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–८ फुलैलीका ३५ वर्षीय भवानी घिमिरे, सुनसरी रामधुनी नगरपालिका–३ सिंगियाका २६ वर्षीय राजु विक र ३१ वर्षीय समीर सिजापती छन् ।

जिल्ला प्रहरी कर्यालयका कैलालीका डीएसपी प्रतिक विष्टका अनुसार अवैध रूपमा सुन ल्याइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूबाट प्रहरीले ४४९.७७ ग्राम सुन बरामद गरेको छ । उनीहरूका साथबाट प्रहरीले ४९ हजार ४०५ रुपैयाँ पनि बरामद गरेको छ ।

अहिले उनीहरूमाथि थप अनुसन्धान र रबाहीका लागि सुन, नगदसहित राजश्व अनुसन्धान कार्यालय, कोहलपुर पठाइएको डीएसपी विष्टले बताए ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  १० : ५५ बजे

घरभँडुवा नेताबाट सावधान !

जुनसुकै घरपरिवारमा सामान्य मतभेद, विवाद वा अन्तरविरोध विद्यमान रहन्छ ।

उपेन्द्र यादव प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा

काठमाडौं- उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही

अनुदानको प्रतीक्षामा बाँकेका किसान

राँझा– नेपालगञ्जस्थित कृषि ज्ञान केन्द्रमा कृषि अनुदानका लागि दैनिक किसानको