डाका मुद्दाका फरार अभियुक्त पक्राउ | Khabarhub Khabarhub

डाका मुद्दाका फरार अभियुक्त पक्राउ


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डाका मुद्दामा ५ वर्षदेखि फरार एक युवकलाई प्रहरीले काठमाडौँको गोङ्गबुबाट पक्राउ गरेको छ ।

प्रहरीका अनुसार धादिङको निलकण्ठ नगरपालिका–११ घर भएका २४ वर्षीय अर्जुन नेपालीलाई बुधबार पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख अशोक सिंहका अनुसार जिल्ला अदालत काठमाडौंले उनि विरुद्ध २०७३ जेठ २४ मा ११ महिना ८ दिन कैद र २ लाख ६७ हजार जरिवाना हुने फैसला गरेको थियो ।

सहकारी संस्था, विभिन्न मानिसका घर र डेरा कोठाबाट धनमाल डाका गर्ने अर्जुनविरुद्ध प्रहरीले डाँका मुद्दामा अनुसन्धान गरेको थियो ।

उनीसहितले विभिन्न समयमा विनोद भण्डारी, मोहनकाजी श्रेष्ठ र माधव पन्तको घरमा गएर नकवजनी चोरीमा गरेको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ ।

अहिले प्रहरीले उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराई कारागार पठाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  ९ : ५५ बजे

जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

झापा– १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको बुद्धशान्ति

हराएका २४ मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण

काठमाडौं– विभिन्न मितिमा हराएका २४ दुईपाङ्ग्रे सवारी साधन खोजी गरी

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा नेपाललाई जितका

‘कसम, राम्रो छ- मनसरा ?’

काठमाडौं– झुटो बोल्यो कि साँचो भनेर पत्ता लगाउन हाम्रो सामाजमा

चीनमा सडक दुर्घटना : उद्धार र सुरक्षा सुधार गर्न राष्ट्रपति सिको निर्देशन

बेइजिङ– चिनियाँ राष्ट्रपति सि जिनपिङले दक्षिणी चीनको गुआङडोङ प्रान्तमा एक्सप्रेसवे