बालुवाटार पुगेका भीम रावलले भने : स्थायी कमिटी बैठकमा सहभागी भएकै छैन | Khabarhub Khabarhub

बालुवाटार पुगेका भीम रावलले भने : स्थायी कमिटी बैठकमा सहभागी भएकै छैन


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आज साँझ भएको पार्टीको स्थायी कमिटी बैठकमा सहभागी नभएको बताएका छन् ।

बालुवाटारमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले आफू पार्टी विवाद समाधानका लागि गठित कार्यदलले तयार गरेको प्रतिवेदन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बुझाउन बालुवाटार आएको बताएका हुन् ।

कार्यदलले तयार गरेको प्रतिवेदन कार्यदलका सबै सदस्यबाट हस्ताक्षर गरेपछि अध्यक्ष ओली र माधवकुमार नेपाललाई बुझाउने कार्यक्रममा आएको उनको भनाइ छ । उनले सहमति यथाशीघ्र कार्यान्वयन गर्नुपर्छ भनेको बताए ।

रावलले आफूलाई स्थायी कमिटी बैठकबारे थाहा नभएको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ८ : ४० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र