वीरगञ्जबाट साढे दुई सय किलो गाँजा बरामद, कन्टेनर चालक फरार | Khabarhub Khabarhub

वीरगञ्जबाट साढे दुई सय किलो गाँजा बरामद, कन्टेनर चालक फरार


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– वीरगञ्जबाट प्रहरीले दुई सय ४७ किलो लागुऔषध गाँजा बरामद गरेको छ । सोमबार वीरगञ्ज –२४ स्थित आईसीपी जाने सडकबाट गाँजा बरामद भएको हो ।

पर्साका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले एच आर ५५ एम २२०९ नम्बर भारतीय कन्टेनरमा आइसीपी हुँदै भारततिर लैजाँदै गरेको अवस्थामा गाँजा बरामद भएको बताए । उनका अनुसार प्रहरीले बरामद गरेको गाँजा २३ वटा प्याकेटमा रातो प्लाष्टिकले बेरेर राखिएको थियो ।

आईसीपी हुँदै गाजा भारततर्फ लैजाँदै गरेको भारतीय कन्टेनर नियन्त्रणमा लिएर चेकजाँच गर्दा २३ वटा पोकामा २ सय ४७ किलो गाजा बरामद भएको हो । चालक भने फरार भएका छन् ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ९ : ०१ बजे

चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने 

काठमाडौं– चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने घोषणा गरेको छ

लगानी सम्मेलनमा प्रधानमन्त्रीले भने : नेपाल लगानीका लागि प्रिमियम गन्तव्य

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको

जसपाको कार्यबाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय

पर्सामा सात सय ३९ घरेलु उद्योग थपिए

वीरगञ्ज– जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा  रु ८६ करोड

बझाङको मतगणना छबिसपाथिभेराबाट सुरु गरिने 

बझाङ– बझाङको मतगणना छबिसपाथिभेरा गाउँपालिकाबाट सुरु गरिने भएको छ ।