सर्वोच्चको फैसलाविरुद्ध ओली पक्षको काठमाडौँमा प्रदर्शन | Khabarhub Khabarhub

सर्वोच्चको फैसलाविरुद्ध ओली पक्षको काठमाडौँमा प्रदर्शन


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली समर्थक पक्षले फैसला नमान्दै भन्दै प्रदर्शन गरेका छन् ।

ओली पक्षका कार्यकर्ताहरूले सर्वोच्च अदालतका कुनै पनि फैसला नमान्ने भन्दै माइतीघर मण्डलामा प्रदर्शन छन्।

माइतीघरमा विरोध सभापछि नयाँ बानेश्वरसम्म र्‍याली प्रदर्शन गरिएको छ । सभालाई एमाले नेता एवं युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतले सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ८ गते दोस्रो पटक संसद विघटन गरेका थिए । उक्त विघटनलाई सर्वोच्च अदालतले बदर गर्दै सोमबार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।

सर्वोच्चले २९ गते मंगलबार साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ३ : ०३ बजे

फिल्म ‘खजुरे ब्रो’ प्रिमियर (तस्बिरहरू)

काठमाडौं – मोडल तथा पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहको

दैनिक हिँड्नुका फाइदा

हिँडाइ सबै भन्दा सहज शारीरिक अभ्यास मानिन्छ। हिँड्न मन पराउनेको

सन्दीपको आक्रोस- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासी चढाइयोस्

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै

सुहाङ आज सांसद पदको शपथ लिँदै

काठमाडौं– गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस