नेटो राष्ट्रका ८० प्रतिशतभन्दा बढी नागरिक नेटो गठबन्धनका पक्षमा | Khabarhub Khabarhub

नेटो राष्ट्रका ८० प्रतिशतभन्दा बढी नागरिक नेटो गठबन्धनका पक्षमा


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेटो राष्ट्रका ८० प्रतिशत भन्दा बढी नागरिक नेटो गठबन्धनको पक्षमा रहेको पाइएको छ । नेटो राष्ट्रका नागरिकहरुमा गरिएको एक सर्वेक्षणबाट यस्तो परिणाम आएको हो ।

नेटो राष्ट्रका नागरिकमा सो सर्वेक्षण गरिएको थियो । नेटो संगठनले नै यो सर्वेक्षण गरेको बताइएको छ । उक्त सर्वेक्षणमा करिब १४ प्रतिशत नागरिकले भने नेटो सैन्य संगठनमा आबद्ध आफ्ना देशले सदस्यता त्याग्नुपर्ने अथवा सो गठबन्धनमा सहभागी हुन नहुने जनाएका थिए ।

आफ्ना देशहरु नेटो संगठनमा रहनु उचित हुन्छ कि हुँदैन भनेर सो सर्वेक्षण गरिएकोमा ८६ प्रतिशत नागरिकले आफ्नो देश संगठनमा रहनुपर्छ भनेर मतदान गरेका थिए । उनीहरुले आफ्ना देशलाई नेटो सैन्य गठबन्धनबाट बाहिरिन नहुने भनेर सुझाव पनि दिएका अनुसन्धानमा पाइएको बताइएको छ ।

पछिल्ला केही वर्षहरुमा यस सैन्य गठबन्धनका विषयमा प्रश्न पनि उठ्ने गरेको छ । कतिपय देशका नागरिकले आफ्नो देश गठबन्धनबाट बाहिरिनुपर्ने भनी प्रश्न उठाएका थिए ।(रासस/सिन्ह्वा)

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  १० : ३० बजे

बाजुरामा एक महिलाको शव फेला

बाजुरा– बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२०

दक्षिणी ब्राजिलमा भारी वर्षा, मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

काठमाडौं– ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका

आईसीसी टी–२० विश्वकप खेल्न जान लागेको नेपाली टिमलाई राष्ट्रपतिको शुभकामना 

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा भाग