धरानमा दोस्रो डोज छुटेकालाई असार १ गते कोभिड खोप लगाइने | Khabarhub Khabarhub

धरानमा दोस्रो डोज छुटेकालाई असार १ गते कोभिड खोप लगाइने


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान– धरानमा गत फागुन ११ गते कोरोनाविरुद्धको खोप कोभिशिल्ड लगाई दोस्रो डोज छुट भएका व्यक्तिहरुका लागि आउँदो असार १ गते खोप लगाउन आह्वान गरिएको छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले आज उपमहानगर परिषरमा पत्रकार सम्मेलन गर्दै कोभिशिल्ड लगाई दोस्रो डोज छुट भएका व्यक्तिहरुका लागि आउँदो असार १ गते खोप लगाउने जानकारी दिएको हो ।

स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले आउँदो असार १ गते (मङ्गलबार) धरानको छाता चोकस्थित पुरानो हस्पिटलमा दोस्रो डोज छुट भएकाको लागि कोरोना विरुद्धको खोप कोभिशिल्ड लगाईने जानकारी दिए । उनका अनुसार पुरानो हस्पिटलमा असार १ गते बिहान १० बजेदेखि ४ बजेसम्म कोरोना विरुद्धको खोप कोभिशिल्ड लगाईने छ ।

पत्रकार सम्मेलनमा स्वास्थ्य महाशाखा प्रमुख मेहताले धरान उपमहानगरपालिका अन्तर्गतको विभिन्न खोप केन्द्रहरुबाट गत माघ १४ गतेदेखि फागुन ११ गते सम्ममा १ हजार ३ सय ६६ जना व्यक्तिलाई कोरोना विरुद्धको खोप कोभिशिल्ड लगाइएको जानकारी दिए । गत वैशाख ७ गतेदेखि जेठ ११ गतेसम्म कोभिशिल्डको दोस्रो डोज खोप सञ्चालन भई अधिकांश व्यक्तिलाई दोस्रो डोजको खोप पूरा भएको थियो । सो अवधिमा सञ्चालित खोप कार्यक्रममा विभिन्न कारणले केही व्यक्तिहरु छुटेका थिए । उनीहरुलाई असार १ गते कोभिशिल्ड खोप लगाईने भएको हो ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ८ : ४५ बजे

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष

घरभँडुवा नेताबाट सावधान !

जुनसुकै घरपरिवारमा सामान्य मतभेद, विवाद वा अन्तरविरोध विद्यमान रहन्छ ।

उपेन्द्र यादव प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा

काठमाडौं- उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको